Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजशिक्षानेशनल प्याब्सन बैजनाथको उपाधी हिमालय विद्या निकेतनले उचाल्यो

नेशनल प्याब्सन बैजनाथको उपाधी हिमालय विद्या निकेतनले उचाल्यो

बाँके:राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन)बैजनाथको आयोजनामा एकदिवसीय खेलकुद प्रतियोगिता-२०८१ को उपाधी हिमालय विद्या निकेतन बैजनाथ ५ जि गाउँले उचालेको छ। 
हिमालय विद्या निकेतनले कुल ६ स्वर्ण र १ कास्य पदक सहित प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी ३ स्वर्ण पदक रजत १ र कास्य ३ सहित भेरी फ्युचर ई मि स्कुल बैजनाथ ५ बनकटवा द्वितीय र २ स्वर्ण पदक र ४ कास्य पदक सहित भृकुटी ई मि स्कुल बैजनाथ २ पितमारी तृतीय स्थान हासिल गरेको छ।       

उक्त कार्यक्रममा अध्यक्ष नेशनल प्याब्सन बैजनाथ संयोजक कमान सिंह थापा प्रमुख अतिथी बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय बिशिस्ट अतिथी नेशनल प्याब्सन लुम्बिनी सह-कोषाध्यक्ष कमल पछाई बाँके जिल्ला अध्यक्ष किशोर राज मल्ल,बैजनाथ २ का वडा अध्यक्ष राजु रुचाल,६ वडा अध्यक्ष भुपाल पुन मगर,बैजनाथ खेलकुद बिकाश समिति संयोजक लाल बहादुर थारु,क्रिया बाँके अध्यक्ष बेग प्रसाद चन्द प्याब्सन कोहलपुर अध्यक्ष बिष्णु के सी लगाएत खेलाडी शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।           

क्रिया बाँके अध्यक्ष चन्दले स्थानीय सरकारले निजि विद्यालयहरुलाई हेर्ने दृष्टि बदल्नुपर्ने र शिक्षामा निजि संस्थानले पुर्याएको योगदानको उच्च मुल्यांकन गरेर समय समयमा आवश्यक सहयोग गरे निजि विद्यालयहरुले शैक्षिक गुणस्तर वृद्धि गर्नुका साथै खेलकुद प्रतियोगिता मार्फत देशको पहिचान बनाउने बताउनुभयो ।     

प्रमुख अतिथी निर्मला रोकायले निजि विद्यालयको छाता संगठन नेशनल प्याब्सनले विद्यार्थीहरुको बिकास र अध्ययन अध्यापन सँगै अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी बनाएर विद्यार्थीहरुको बिकासका लागि यसरी कार्यक्रम आयोजना गरेकोले स्थानीय सरकार बाट हुने सम्पुर्ण सहयोग निरन्तर रहने प्रतिबद्धता जाहेर गर्नुभएको छ।   

बैजनाथका कुल १३ निजि विद्यालयहरु सहभागी भएका थिए।हरेक बर्ष निरन्तर यसरी नै कार्यक्रम गरिने आयोजकले जनाएको छ।साथै अन्तमा सहभागी सम्पुर्ण विद्यालय खेलाडी विद्यार्थी खेल प्रशिक्षण स्वयंसेवक लगाएत सहयोग गर्नुहुने सम्पुर्ण संघ संस्था विद्यालयहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।मुख्य खेल प्रशिक्षक जनक के सीले सफलता पुर्वक खेल सम्पन्न गराउनुभएकोमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको कार्यक्रम संचालक एवं नेशनल प्याब्सन बैजनाथ सचीव थोमस ताम्राकारले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments