प्रेमचन्द्र झा
माघ २०/राैतहट । संघिय सांसद ,पुर्व मन्त्री तथा आम जनता पाट्रीका केन्द्रीय अध्यक्ष प्रभु साह उपर परेकाे अदालतकाे अपहेलना मुद्वाकाे आईतवार सुनुवाई हुने भएको छ । राैतहट जिल्ला अदालतका झाेले न्यायाधीश शब्द लेखि अपमान गरेकाे भन्दै सांसद साह उपर बाैधिमाई नगरप्रमुख प्रदिप कुमार यादवले शुक्रबार मुद्दा दर्ता गराएका थिए ।
राैतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आईडीबाट “राैतहटका न्यायाधीश नेताका झाेले कार्यकर्ता ” भनेर सम्मानित अदालत बिरुद्व हल्का टिप्पणी गरेका थिए ।
आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर २०८१/१०/१८ गते जिल्ला अदालत राैतहटमा दर्ता गरिएको मुद्वाको दर्ता नम्बर c३ रहेको छ । महासचिव साह उपर सम्मानित अदालत परिषरमा आफुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन । नगर प्रमुख प्रदिप कुमार यादवले दिएको जानकारी अनुसार सर्वदलीय सर्वपक्षीय सहमतिमा नगरपालिकाले बाटाे खाली गराउने क्रममा आफु माथि एकासी हमला गरी कुटपिट अभद्र व्यवहार तथा गालि गलाैज गर्ने गंगा राम बैठा उपर स्थानीय प्रशासनले मुद्दा दर्ता गरी सम्मानित अदालतका न्यायाधीशले निज बैठालाई पुरपक्षका लागि थुना पठाउने आदेश दिएका थिए । आदालतको आदेश आऊनु आगाडी नै महासचिव साहले आफुलाई सम्मानित आदालत परिषरमा ज्यान मार्ने धम्की दिएकाे नगर प्रमुख यादवले बताए ।
आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद साहले राैतहटका न्यायाधीश नेताका झाेले कार्यकर्ता लेखि आदालतको गरिमामा ठेस पुर्याउने काम गरेको भनि आफुले आजपा अध्यक्ष र महासचिव उपर अदालतकाे अपहेलना मुद्दा दिएको साथै सो मुद्दाको पेसी तारिख आज आईतवार विहान १० बजे हुने नगर प्रमुख यादवले बताए ।
बाैधीमाई नगर पालिकाका कानुनी सल्लाहकार एवं नेपाल बार एसोसिएसन राैतहटका पुर्व अध्यक्ष राजाराम यादवका अनुसार नगर प्रमुख यादवले सांसद साह र महासचिव साह उपर दर्ता गराएको अदालतकाे अपहेलना मुद्वामा दण्डको रुपमा आर्थिक सजाय,जेल सजाय तथा माफी दिने व्यवस्था समेत रहेको बताए।
आज आईतबारको सुनुवाहईमा माननिय न्यायाधीशबाट विपक्षीको नाममा उपस्थित हुन समन जारी गर्ने आदेस हुन सक्ने कानुनी सल्लाहकार यादवले जानकारी दिएका छन । यस विषयमा सांसद साहसंग सम्पर्क गर्दा मुदा मामिलाको विषयमा अदालत स्वतन्त्र रहेकाे र आफु यस विषयमा धेरै नबोल्ने भने ।