जाजरकोट:नलगाड नगरपालिका ४ भानुभक्त माध्यमिक विद्यालयमा गत माघ १६ देखि २० गतेसम्म भएको छैटौं नगर कप खेलकुद प्रतियोगिता-२०८१ बिरेन्द्र हिमालय मा.बि.तल्लुले उपाधी चुमेको छ।
उक्त खेलकुद प्रतियोगितामा बिरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लु ले १० स्वर्ण पदक ६ रजत पदक र ५ कास्य पदक सहित बिजेता (प्रथम) जुनि बाल संरक्षण सिर्के ५ स्वर्ण पदक ३ रजत पदक २ कास्य पदक सहित उप बिजेता (द्वितीय) त्यसैगरी ४ स्वर्ण पदक ४ रजत पदक र २ कास्य पदक सहित तृतीय स्थान हासिल गरेको नगरपालिकाले जानकारी दिएको छ।
फोटाे फिचर
छैटौं नगर स्तरीय मेयर कप प्रतियोगिता माघ १६ गतेदेखि २० गतेसम्म ४ दिन खेलकुद प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएको छ।
नलगाड नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका १० विद्यालय बाट ४०० चार सय विद्यार्थी सहभागी भएको नगर उप-प्रमुख देवका लामिछाने शोभाले जानकारी दिनुभयो ।
सभाध्यक्ष नलगाड नगरपालिका नगर प्रमुख डम्बर बहादुर रावत (नवीन)ले खेलकुद प्रतियोगितामा स्थान प्राप्त गर्ने सम्पुर्ण खेलाडी प्रशिक्षक शिक्षक विद्यार्थी लगाएत कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै स्थान प्राप्त गर्ने विद्यार्थी विद्यालयलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी दिनहरुमा अझै सुधार गर्दै निरन्तर खेलकुद प्रतियोगिता गर्ने प्रतिबद्धता सहित सभाध्यक्ष नगर प्रमुख रावतले कार्यक्रम समापन गर्नुभएको छ।