Saturday, February 8, 2025
spot_imgspot_img
Homeसम्पादकियसफलताकाे कथास्वर्गीय ईन्द्र बहादुर खड्काको स्मृतिमा नेरामाबीलाई सहयोग

स्वर्गीय ईन्द्र बहादुर खड्काको स्मृतिमा नेरामाबीलाई सहयोग

बाँके— बैजनाथ गाउँपालिका ६ मा शैक्षिक गुणस्तर अभिवृद्धि तथा कक्षा १२ सञ्चालनका लागि नेरामाबी ओरीलालपुरलाई खिम प्रकाश खड्काले स्वर्गीय वुवा ईन्द्र बहादुर खड्काको स्मृतिमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

स्वर्गीय ईन्द्र बहादुर खड्काको स्मृतिमा खड्का परिवार बाट नगत रु १ लाख १ सय ११ रुपैयाँ विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराएका हुन्।हाल खिम प्रकाश रोजगारीको सिलसिलामा क्रोसियामा रहेका छन् ।

स्वर्गीय:ईन्द्र बहादुर खड्काको स्मृतिमा आर्थिक सहयोग गर्न जाँदा पंन्चैबाजा सहित सम्झना खड्का निवास बाट नेरामाबी ओरीलालपुर स्कुलको प्राङ्गणमा एवं महायज्ञ स्थलसम्म पंन्छ कन्या कलस सहित स्वागत  गरेर प्रवेश गर्दाको दृश्य पंन्चैबाजाले माहोल रमाइलो थियो। खड्का परिवार श्रीमती धनकली खड्का आफ्नो श्रीमान स्वर्गीय ईन्द्र बहादुर खड्काको फोटो र त्यसमा माला लगाएर हातमा फोटो फ्रेम सहित महायज्ञ स्थलमा प्रवेश गर्दाको क्षण भावुक अनि आफन्त दिदिबहिनी छोरी लगाएतका आँखामा आँसु देख्दा सायदै कसैको मन थामियो होला ! आँसु पुछ्दै अगाडि बडेको दृश्य हेर्दा महायज्ञ स्थल शान्त भएको थियो भने बाक्लो उपस्थितिले यज्ञ स्थल भरीभराउ थियो। जेष्ठ नागरिक देखि बालबालिकाले खचाखच भरिएको बिच बाटो बाट पंन्चै बाजा सहित यज्ञ स्थल प्रवेश गर्दा स्थानीय समाजसेवी एवं महायज्ञ मुल आयोजक समितिका पदाधिकारीहरुले खड्का परिवारलाई फुलमाला सहित स्वागत गर्दा सबैको निधारमा राटो टीका लगाउँदा खड्का परिवारको निधारमा भने पहेँलो टीका थियो। किनकी स्वर्गीय ईन्द्र बहादुर खड्काको बार्षिकी तिथि फागुन १४ गते भनेर मन्च बाट पटक पटक उद्घोषण भैरहेको थियो।
यतिकैमा मेरो नजर अलि पर महायज्ञ सचिवालयमा चुपचाप बसेका उनका भाइ मेघराज खड्कामा पर्यो। अलि नजिक गएर एउटा सामाजिक संजालमा पोस्ट देखाउन के भ्याएको थिए । उनको आवाज नै डगमग भएर चुप लागि हाले मैले फेरि केही सोध्ने प्रयास गरे तर उनको अनुहार हेर्दा भित्र बाट त्यो पोस्ट हेर्दा शब्दा पढ्दा नै भक्कानिएका थिए।तर उनले यो आफ्नो पिडा अरुलाई देखाउन चाहेनन् किनकी स्वर्गीय ईन्द्र बहादुर खड्का उनकै माईलो दाइ थिए।
यतिकैमा मेरो नजिक स्थानीय समाजसेवी दिल बहादुर विश्वकर्मा आउनु भयो । मलाई उहाँले अनुरोध गर्नुभयो । एउटा समाजको बलियो आधार गुमाएको अहिले महसुस भएको छ। अब छोरा खिम प्रकाश ले स्वर्गीय बुवाको नाममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको एउटा कक्षा कोठा बन्ने भएको छ। छोराले यसरी वैदेशिक भुमिमा आफ्नो रगतको पसिना बगाएर कमाएको पैसा पुन्य काममा प्रयोग गर्न सहयोग गरेका छन् । उहाँले मलाई थप सहयोग पुग्यो।

विद्यालयको शैक्षिक स्तर उकास्ने उद्देश्यका साथ प्रदान गरिएको यो सहयोगबाट छात्र-छात्राहरूलाई थप सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर बि क ले खड्का परिवारलाई धन्यवाद व्यक्त गर्दै शिक्षाको महत्वलाई बलियो बनाउन यस्ता सहयोग अत्यन्त प्रेरणादायी हुने साथै स्वर्गीय खड्काको नाममा विद्यालयको कोठा बन्ने र सधैं सबैको सम्झनामा रहनुका साथै ऐतिहासिक काम गरेकोमा खड्का परिवारलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

स्थानीय समुदाय, शिक्षाप्रेमी तथा सम्बन्धित निकायहरूको सहकार्यमा शिक्षालाई सशक्त बनाउन आगामी दिनमा समेत यस्ता योगदान आवश्यक रहेको विद्यालय प्रशासन प्रमुख प्रधानाध्यापक पहलमान ओलीले जानकारी दिनुभयो । महायज्ञ आगामी माघ २९ गतेसम्म संचालन हुने छ। शैक्षिक महोत्सव एवं महायज्ञ बाट कुल ५० लाख संकलन गर्ने उदेश्य लिईएको छ।
यसरी गरेका छन् आर्थिक सहयोग …

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments