प्रेमचन्द्र झा
फाल्गुन ३ गते
राैतहट ।नेपाल फुल माली संध राैतहटको शनिबार गरुडामा भएको जिल्ला सम्मेलनले पुन: मोहन मालीको अध्यक्षतामा १३ सदस्यीय सर्वसहमत कार्य समिति निर्वाचित गरेकाे छ।
साे समितिका उपाध्यक्ष द्वयमा राम विश्वास माली र गुडि देवी ,सचिवमा प्रदिप भगत माली ,सहसचिवमा लालबाबु भगत माली रकोषाध्यक्षमा उमेश भगत माली निर्वाचित भएको समाजसेवी पारस भण्डारीले बताए । समितिको जिल्ला सदस्यमा भरत माली,बाबु लाल भगत,हरिश्चन्द्र भगत, रामबाबु भगत , हरिनारायण भगत,र विश्वनाथ भगत रहेका छन। त्यसै गरी सल्लाहकारमा रबिन्द्र भगत माली,भरत भगत ,शिवशंकर भगत माली,कामोद भगत,रामसागर भगत र रामसागर भगत निर्वाचित भएका छन । यसअघि भएको उदघाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष बलिराम माली भन्ने सागर मालीले नेपाल सरकारले हामी गरिव, पिछडिएको र अल्पसंख्यक भए पनि केही दिएकाे छैन । हामीले सरकार संग लडेर भएपनि विषेश आरक्षण लिनु पर्नेमा जोड दिएका छन ।
हाम्रो पेसा व्यवसाय संकटमा छ , स्वजातिमा
सबैले एक अर्कालाई सहयाेग गराै ।
राजनितिकर्मि के कतिले सहयाेग गर्नु हुन्छ मालीलाई ब्राण्ड बनाउनु पर्छ
हाम्रो लडाई पहिचान को लागि भएको हुनाले सबै पक्षलाई सहयोग गर्न अनुराेध छ।
श्लेष फुलबारीलाई माली जातिको पहिचानको रुपमा स्थापित गराउने केन्द्रीय अध्यक्षले प्रतिवद्वता जनाए । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक राजन कार्कीले नेपाल फुलमा अझैसम्म पर निरभर रहेकोले फुलको कारोबार गर्नेको राम्रो अबसर रहेकाे बताए । कार्यक्रममा जनकपुर उधाेग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी , नवलपरासीका राम अवतार भगत , शिक्षक राम किशोर भगत, रविन्द्र भण्डारी सहितका वक्ताले देशभरीका २२ जिल्लामा करिब १४ को संख्यामा रहेका मालि जातिको शिक्षा र परम्परागत व्यवसाय प्रर्बदनमा सहयोग दिनु पर्नेमा जोड दिएका थिए ।