Wednesday, March 12, 2025
spot_imgspot_img
Homeबिबिधक्रियटिभ स्कलर्स एकेडमीको १८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

क्रियटिभ स्कलर्स एकेडमीको १८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

बैजनाथ, बाँके – बैजनाथ गाउँपालिकास्थित क्रियटिभ स्कलर्स एकेडमी ले आफ्नो १८औं वार्षिकोत्सव बिहीबार भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संचालक मान बहादुर रावत को अध्यक्षता तथा बैजनाथ १ का वडा अध्यक्ष रुप बहादुर मल्ल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा उल्लासमय बनेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, आर्ट प्रदर्शनी, तथा परिकार प्रस्तुति जस्ता रचनात्मक गतिविधिहरू प्रस्तुत गरेका थिए। खाजाका परिकारहरू तयार पार्दै विभिन्न स्वादिष्ट व्यञ्जनहरू अतिथिहरूलाई पस्किएको थियो, जसले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइको महत्त्वलाई उजागर गर्‍यो।

कार्यक्रम व्यवस्थापन विद्यालयका प्रबन्ध निर्देशक कृती रावत को संयोजनमा गरिएको थियो। विद्यालयका संस्थापक रुपा थापा (रावत) ले विद्यालयले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरूलाई निरन्तरता दिने जानकारी दिइन्।

उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै, विशिष्ट अभिभावकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै, विद्यालयका उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मान गरिएको कर्ण बहादुर चौधरीले जानकारी दिए।

कार्यक्रमको सहजीकरण शिक्षक इन्द्र कुमार रावत, विद्यार्थी शिशिर खड्का र कर्ण शर्मा ले गर्नुभएको थियो। विद्यालयले शिक्षा मात्र होइन, व्यवहारिक र सिर्जनात्मक क्षमताको विकासमा समेत जोड दिँदै आएको सन्देश यस कार्यक्रमले दिएको छ। फोटो फिचर…

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments