Wednesday, March 12, 2025
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथमा भव्य रूपमा ४३औं मगर एकता दिवस सम्पन्न

बैजनाथमा भव्य रूपमा ४३औं मगर एकता दिवस सम्पन्न

बैजनाथ, बाँके – मगर समुदायको पहिचान, भेषभूषा, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ४३औं मगर एकता दिवस देशभर भव्य रूपमा मनाइयो। यसै अवसरमा बैजनाथ गाउँपालिका–२, पितमारी गुम्बा मा आयोजित कार्यक्रम मगर समुदायको उल्लासमय सहभागितामा सम्पन्न भएको छ।

बैजनाथ २ का वडा सदस्य भुमिसरा थापा मगर को अध्यक्षता तथा बैजनाथ ६ का वडा अध्यक्ष भुपाल पुन मगर को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो। बैजनाथ गाउँपालिकाका विभिन्न ठाउँबाट आएका मगर समुदायका व्यक्तिहरूले आ–आफ्नो भेषभूषा, भाषा, नृत्य र परम्परागत संस्कृति प्रदर्शन गर्दै मगर पहिचानलाई उजागर गरे।

कार्यक्रममा मगर एकता समाज बाँकेका सचिव खडक बहादुर रजाली मगर ले सञ्चालन गर्नुभएको थियो भने युवा समाजसेवी यज्ञ बहादुर पुन मगर ले मगर समुदायको एकता, संस्कृति संरक्षण तथा भावी पुस्ताका लागि यसको महत्त्वबारे जानकारी गराउनु भयो।

यस कार्यक्रममा मगर समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने मगर सांस्कृतिक नृत्य, लोक गीत, परम्परागत वेशभूषा प्रदर्शन जस्ता आकर्षक प्रस्तुतिहरू कार्यक्रमका विशेष आकर्षण बनेका थिए।

मगर एकता दिवस मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्ने महत्वपूर्ण अवसर भएकाले यसलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा मनाउनुपर्ने आवाज उठेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments