Wednesday, March 12, 2025
spot_imgspot_img
Homeबिबिधमहिला संजाल मार्फत २१ दिने सिपमुलक तालिम सप्पन्न

महिला संजाल मार्फत २१ दिने सिपमुलक तालिम सप्पन्न

बैजनाथ, बाँके – बैजनाथ गाउँपालिकामा विभिन्न समुदायबाट ११ वटा संजाल गठन गरिएको छ। गाउँपालिकाले ती संजालहरूका लागि ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेट अन्तर्गत महिला संजाललाई २१ दिने सिपमूलक तालिम प्रदान गरिएको छ।

आईतवार तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले महिलाहरूले सिकेको सीपलाई सही तरिकाले उपयोग गर्न आग्रह गर्दै स्थानीय सरकारबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, स्थानीय रूपमा पाइने थाकल, मकैको प्वाख, कुसजस्ता स्रोतहरू प्रयोग गरेर अति विपन्न तथा पिछडिएका महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।आवश्यकता अनुसार स्थानीय सरकारले स्वरोजगार एवं आत्मनिर्भर बन्न साना तथा घरेलुु उद्योग स्थापना गर्न स्थानीय सरकारले सहयोग गर्ने उपाध्यक्ष रोकायले प्रतिबद्धता जाहेर गर्नुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले शुभकामना दिंदै तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने अपेक्षा गरिएको बताउनुभयो। साथै, प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रशिक्षक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो।

महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ढकालका अनुसार, स्थानीय सरकारले गरेको लगानीको सही उपयोग गर्दै सीप सिकेका महिलाहरूलाई आत्मनिर्भर बनाउने योजना रहेको छ। यसका लागि स्थानीय ऐनअनुसार आवश्यक सहयोग गरिनेछ। स्थानीय सरकारले विभिन्न संजालहरूको लागि यस्तै सीप र रोजगारी सिर्जना गर्न बजेटको व्यवस्था गरेको बताइएको छ।

यस तालिमबाट महिलाहरूले स्वरोजगारका अवसरहरू सिर्जना गर्न सक्ने आशा गरिएको छ, जसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नेछ।स्थानीय श्रोत साधनको प्रयोगमा ल्याएर तालिम अवधिभर निर्माण गरेका महिलाको लागि प्रयोग हुने हाते झोला,फुलको गमला र पुजा टोकरी निर्माण गरिएको महिला बालबालिका एवं जेष्ठ नागरिक शाखा प्रमुख ढकालले जानकारी दिनुभयो । फोटो फिचर 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments