Wednesday, March 12, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथमा रारा माबिका किशोरीहरुको रक्त अल्पता जाँच शुरु

बैजनाथमा रारा माबिका किशोरीहरुको रक्त अल्पता जाँच शुरु

बाँके:बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबारदेखि किशोरीहरूको रक्त अल्पता (एनीमिया) जाँच कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रम बैजनाथ गाउँपालिका–१ स्थित रारा माध्यमिक विद्यालय, गाभरमा गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले उद्घाटन गर्नुभएको हो।

स्वास्थ्य जाँचको क्रममा ८६ जना किशोरीको रक्त परीक्षण गर्दा ४ जना किशोरीमा रक्त अल्पताको समस्या देखिएको छ। स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण राज शाहीका अनुसार ती किशोरीहरूलाई स्वास्थ्य चौकीमार्फत आइरन चक्की उपलब्ध गराइने साथै, रगत वृद्धि गर्ने खानेकुराबारे स्वास्थ्य परामर्श दिई उनीहरूका अभिभावक, विद्यालयका प्रधानाध्यापक तथा शिक्षिका/शिक्षकलाई जानकारी गराइएको छ।

बैजनाथ गाउँपालिकाले किशोरीहरूमा समयमै रक्त अल्पताको समस्या पहिचान गरी आवश्यक उपचार तथा परामर्श प्रदान गर्नका लागि ‘पूर्वसुरक्षित हुन तयारी कार्यक्रम’ अन्तर्गत यो रक्त अल्पदा सम्बन्धि स्वास्थ्य जाँच सञ्चालन गरेको हो।

रक्त अल्पता शरीरमा रातो रगतको मात्रा वा हेमोग्लोबिनको स्तर कम हुनु हो। यसले शरीरमा अक्सिजनको आपूर्ति घटाउँछ, जसका कारण थकान, कमजोरी, शारीरिक वृद्धि कम हुनुका साथै गम्भीर अवस्थामा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ। किशोरीहरूमा रक्त अल्पता प्रायः पोषणको कमी, मासिक धर्ममा अत्यधिक रगत स्राव तथा आइरनयुक्त खानाको कमीका कारण देखा पर्ने गर्दछ।भने आन्द्रामा जुकाको सक्रमण भएपनि शरीरमा रगतको कमि हुने गर्दछ।

विद्यालय स्तरीय रक्त अल्पता जाँच कार्यक्रममा सामाजिक विकास समिति संयोजक भुमिसरा राना, चिसापानी स्वास्थ्य चौकी इन्चार्ज प्रेम शाह, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।

बैजनाथ गाउँपालिकाको यस पहलले किशोरीहरूको स्वास्थ्य सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आगामी दिनमा अझ बढी किशोरीलाई लक्षित गरी नेरामाबी नौवस्ता र समावेशी माबी तिलकपुर साथै स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा हुने रक्त अल्पदा जाँच क्रमस अन्य वडाका माध्यमिक विद्यालयहरुमा शुरूवात गर्ने योजना रहेको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्ष्मण राज शाहीले जानकारी दिनुभयो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments