Saturday, May 3, 2025
spot_imgspot_img
Homeराष्ट्रियभूकम्पका कारण कुशे ,बारेकोटका घरमा क्षती

भूकम्पका कारण कुशे ,बारेकोटका घरमा क्षती

दुई वटा भूकम्पका कारण कुशे ,बारेकोटका घरमा क्षती
(सुर्खेत), जाजरकोटको कुशे गाउँपालिका–९ पैंक आसपास केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट दुई वटा पालिकामा रहेका घरहरुमा क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय ,जाजरकोटका प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार कुशे तथा बारेकोट गाउँपालिकामा घरहरु चर्किएका छन् ।
गत कात्तिक १७ गते गएको भूकम्पबाट क्षती भएका घरहरुमा थप क्षती भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । मानिसहरु भूकम्पको त्रासले खुल्ला आकाशमा बसीरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले केही घरहरु चर्किएको जानकारी आएको बताउनुभयो । चर्किएको घरमा नबस्न सबैमा जानकारी गराएको समेत उहाँको भनाई रहेको छ । थप केही समस्य भएमा गाउँपालिकासँग सम्पर्क गर्न समेत उहाँले बताउनुभयो ।
सुक्रबार कुशे गाउँपालिका ९ पैंक आसपासमा दुई वटा भूकम्प गएपछि यस्तो समस्य भएको हो । पहिलो ८ बजे ७ मिनेटमा ५.२ म्याग्निच्युडको र दोस्रो भूकम्प ८ ः १० बजे ५.५ म्याग्निच्युडको गएको भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो । गत अघिल्लो वर्षको कात्तिक १७ गते गएको भूकम्पको केन्द्र विन्दु नजिकै अहिले भूकम्प गएको हो । प्रहरीले क्षतीको विवरण लिनका लागि सम्पर्क गरिरहेको जिल्ला प्रशासन कार्यालय ,जाजरकोटका प्रशासकीय अधिकृत समिर गौतमले जानकारी दिनुभयो ।
हेमन्त केसी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments