शान्ती सुनार/बाँके: कोहलपुरमा युवा, मिडिया र सरकारको अन्तर सम्बन्ध,भूमिका र जिम्मेवारीसम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । युथ एडभाइजरी काउन्सिल प्लानको आयोजना दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको हो । युवालय÷प्लान इन्टरनेशनलको समन्वयमा सुरु भएको भएको हो । कार्यक्रमको पहिलो दिन विभिन्न ६ वटा विषयमा अन्तरक्रिया तथा सम्बाद भएको छ ।
पहिलो दिन, युवा,सञ्चारमाध्यम र स्थानीय सरकारको परिचय÷जवाफदेहिता प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका, स्थानीय सरकारको जवाफदेहिता सुनिश्चितता कसरी गर्छ ?,जलवायु कार्यमा युवा मिडिया र सरकारी कार्यालय, युवा,मिडिया र स्थानीय सरकारको सम्बन्ध र भूमिकाका बारेमा अन्तरक्रियात्मक संवाद र युवा संलग्नताका लागि सञ्चारमाध्यम उपकरणहरुको उपयोग भन्ने विषयमा बृहत अन्तरक्रिया भएको हो ।
उक्त सेसनको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार प्रियास्मृति ढकाल,कोहलपुर नगरपालिका रोजगार शाखाका आशिष बर्मा, कोहलपुर नगरपालिकामा कार्यरत प्रेमप्रकाश बुढाथोकी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष लालबहादुर राना र वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारीले प्रशिक्षकको रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
उक्त अवसरमा बोल्दै बर्माले सरकारले नागरिक प्रति उत्तरदायि,जिम्मेवार हुन विभिन्न कार्य गर्दै आएको बताउनु भएको थियो । उहाँका अनुसार योजना प्रक्रिया,छनोट,कायर्यान्वयन प्रक्रियाकामा नागरिकको सहभागिता अनिवार्य रहेको छ ।नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चारमाध्यम नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई युवाहरुले सही उपभोग गर्न सके आफूलाई सक्षम बनाउन सक्ने अध्यक्ष गिरीले बताउनुभयो । यसैगरी उक्त अवसरमा बोल्दै वडाअध्यक्ष योगीले स्थानीय सरकारलाई उत्तरदायी र जिम्मेवार बनाउन युवा र मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको थियो । सोही अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रानाले युवा र मिडियासँगको समन्वय र सहकार्यलाई स्थानीय सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
पहिलो दिनको अन्तिम सेसनमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारीले युवा संलग्नताका लागि सञ्चारमाध्यम उपकरणहरुको उपयोगका बारेमा अवगत गराउनु भएको थियो । सरकार,मिडिया र युवाहरुको सम्बन्ध विस्तार तथा उनीहरुको समन्वयकारी भूमिका बढाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कोहलपुर युवा सञ्जालका अध्यक्ष रमेश वरले बताउनु भएको छ । प्रशिक्षणमा कोहलपुर क्षेत्रका युवा तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।