Saturday, May 3, 2025
spot_imgspot_img
Homeबिबिधनागरिकता समस्याबारे बुझ्न खोज्दा बाँकेका सिडिओद्वारा मिसनकर्मीलाई दलालको संज्ञा, प्रहरी समेत लगाएर...

नागरिकता समस्याबारे बुझ्न खोज्दा बाँकेका सिडिओद्वारा मिसनकर्मीलाई दलालको संज्ञा, प्रहरी समेत लगाएर केरकार

शुक्रबार दिउँसो १२ः५७ मा मिसन टुडेकर्मी शुभाकर विश्वकर्मा समाचार प्रयोजनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई फोन गर्छन् । उनले प्रयोग गर्दै आएको सरकारी नम्बर ९८५८०२७७७७ मा फोन गरी विश्वकर्माले सुरुमै आफ्नो परिचय, कार्यरत संस्थाको नाम र फोन गर्नुको प्रयोजन बताउँछन् । उनी सिडिओे जोशीलाई जिज्ञासा राख्छन्, ‘मोहन गोडिया भन्ने एक जना व्यक्तिको तपार्इँसँग पनि भेट भएको रहेछ । उनले चार वर्षदेखि नागरिकता पाएका रहेनछन् ? उनले नागरिकता किन पाएका रहेनछन् ?’

उनले उत्तर दिए, ‘प्रक्रिया पूरा गरेर आएका कुनैपनि व्यक्तिले एक मिनेटमै नागरिकता पाउँछ ।’ मिसनकर्मी विश्वकर्माले अदालतले समेत नागरिकता दिन आदेश गरेको रहेछ भनेर सोध्दा उनले जो आए के बुझ्नुपर्छ बुझी प्रक्रिया पूरा गरी कानून बमोजिम गर्नु भनेको हुन्छ भन्ने बताए । आमाको नामबाट नागरिकता लिन पाइन्छ की पाइदैँन ? सिडिओ जोशीले त्यसको लागि बाबु नेपाली भए नभएको एकिन गर्नुपर्ने बताए । पहिलोपटक ३ मिनेट ३४ सेकेण्ड भएको कुराकानीमा जोशीले नागरिकताका लागि फोन गर्ने व्यक्ति दलाल हुन् भनेर फोन काटे ।

फेरि १३ः०१ मा बजे सोही नम्बरमा फोन गर्दा उठाउनु भएन । १३ः०२ बजे ४३ सेकेण्ड भएको कुराकानीमा मिसनकर्मी विश्वकर्माले सिडिओे साव ? समाचार प्रयोजनका लागि फोन गर्ने पत्रकारलाई तपाईँले कसरी दलाल भन्नु भयो भनेर सोध्दा ‘कसैको नागरिकताको लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्ने पदीय मर्यादा र गैरजिम्मेवार अभिव्यक्ति दिए । ३४ सेकेण्डको कुराकानीका क्रममा उनले प्रश्नको जवाफ दिने भन्दापनि एकोहोरो आफूमाथि खनिएको पीडित पत्रकार विश्वकर्माको भनाइ छ । उनका अनुसार सिडिओे जस्तो पदमा आसिन व्यक्तिले पत्रकारको प्रश्न सोध्ने अधिकारमाथि नै धावा बोल्नु कानुनी राज्यका लागि गम्भीर कुरा हो । सिंगो पत्रकारिता क्षेत्रलाई लालञ्छना लगाइएको उनको दाबी छ ।

उनका अनुसार सिडिओे जोशी त्यतिमै रोकिएनन् । जोशीसँग कुराकानी भएको केही मिनेटपछि दिउँसो १३ः११ मा ९८५८०५५५५ बाट आफ्नो व्यक्तिगत नम्बरमा कल आएको विश्वकर्मा बताउँछन् । कसको नम्बर रहेछ भनेर १३ः१३ मिनेटमा उक्त नम्बरमा ब्याक कल गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले बोलेको विश्वकर्माले बताए । आफूले सुरुमै को बोल्नु भयो भनेर सोध्दा ‘म बाँकेको एसपी हो ? भन्ने उत्तर आएको उनले बताए । एसपी कार्की सोध्छन्, त्यो नागरिकता सम्बन्धि केही कुरा भएको थियो र हजुरको ? विश्वकर्माले भने, ‘हो मैले सिडिओे जोशीलाई फोन गरेको थिए ?’ सिडिओेले तपाईँलाई किन फोन गर्न लगाउनु भयो भनेर सोध्दा एसपी कार्कीले उल्टै प्रश्न गरे ? किन तपाईँलाई फोन गर्ने हुन्न र ?

विश्वकर्मासँगको कुराकानीमा आफूलाई सिडिओेले भनेपछि तपाई को हो भनेर एकिन गर्न मात्रै फोन गरेको कार्कीको भनाइ थियो । समाचार प्रयोजनका विषयमा फोन गर्दा सिडिओेले उल्टै पत्रकारलाई दलाल भन्ने अभिव्यक्ति र सिडिओे निर्देशनमा एसपीको फोन गरी केरकार गर्ने कुरा कानुनी राज्यको उपहास भएको विश्वकर्माले बताए ।
समाचार: मिसन टुडे

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments