Saturday, May 3, 2025
spot_imgspot_img
Homeबिबिधआजको तालिम, भोलिको परिवर्तन

आजको तालिम, भोलिको परिवर्तन

बैजनाथ, बैशाख – “शिक्षकहरू सशक्त हुँदा शिक्षा मात्र होइन, राष्ट्रको भविष्य नै उज्यालो बन्छ” भन्ने मूल मन्त्रका साथ शुक्रवार सरस्वती ई.मि.माध्यमिक विद्यालय बैजनाथ ६ सम्झनामा शिक्षक तालिम कार्यक्रम प्रेरणादायी वातावरण विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी शिक्षकहरूलाई नयाँ पठन शैली, प्रभावकारी कक्षा व्यवस्थापन, र विद्यार्थीहरूको मनोविज्ञान बुझ्नेसम्बन्धी महत्वपूर्ण सीपहरू सिकाईएको छ। तालिमले शिक्षकहरूलाई व्यवहारिक अभ्यासमा आधारित शिक्षण विधि अपनाउन अभिप्रेरित गरेको सहभागीहरूको धारणा थियो।

शुक्रवार दिनभर चलेको तालिम ज्ञान, उत्साह र ऊर्जा ले भरिपूर्ण रह्यो। सहभागी शिक्षकहरूबीच अनुभव आदानप्रदान, समूह कार्य, अभ्यास सत्र र संवादले तालिमलाई अझै समृद्ध बनाएको प्रधानाध्यापक कृति खड्काले बताउनुभयो ।

कार्यक्रमको प्रमुख आकर्षण रहनुभएका प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवालीले शिक्षण पेशाको मूल्य, शिक्षकको भूमिकाको गहिराइ र व्यवहारिक शिक्षणका विविध तरिकाहरू प्रस्तुत गर्नुभयो। उहाँको सरल प्रस्तुति शैली, उदाहरण प्रयोग र शिक्षकहरूप्रतिको प्रेरणाले कार्यक्रमलाई अझ प्रभावशाली बनायो।

शुक्रबारको तालिम कार्यक्रमलाई उद्देश्यपूर्ण, उपयोगी र प्रेरणादायी बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका प्रशिक्षक ज्ञवाली प्रति आयोजक विद्यालय परिवार र सम्पूर्ण सहभागी शिक्षकहरुले विशेष धन्यवाद व्यक्त गर्नुभयो।

यो तालिमले शिक्षालाई अझ व्यवहारिक, विद्यार्थीमैत्री र प्रभावकारी बनाउन शिक्षकहरूलाई आवश्यक ऊर्जा र दृष्टिकोण प्रदान गरेको विश्वास लिइएको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments