खजुरा : बाँके जिल्लाकै जेठो क्लब मध्यकै एक न्यू डाँफे स्पोर्ट्स क्लबको अध्यक्षमा तिलकवीर सुनार सर्वसम्मत चयन भएका छन् । शनिबार खजुरा गाउँपालिका – ४ डि गाउँमा बसेको गाउँ भेलाले तिलकबिरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तिलकबिर अघिल्लो एक कार्यकाल अघि न्यू डाँफेमा ९ वर्ष सम्म नेतृत्वमा रही कार्य गरिसकेका थिए ।
क्लबमा अन्य पदाधिकारी समेत सर्वसम्मत चयन गरिएको छ । क्लबको प्रथम उपाध्यक्षमा नारायण खनाल चयन भएका छन् भने द्वितीय उपाध्यक्षमा नवराज खत्री सर्वसम्मत भए ।
यस्तै मानार्थ उपाध्यक्षमा दानबहादुर गुरुङ सर्वसम्मत भए । नवकार्य समितिको सचिवमा बालाराम खत्री निर्वाचित भए । सह सचिवमा हरी प्रसाद विक, कोषाध्यक्षमा अनिल खत्री सर्वसम्मत भए । यस्तै सदस्यहरूमा रविन्द्र पुन, तेजेन्द्र नाथ योगी, कर्ण बहादुर सुनार, साकार खड्का, योगेन्द्र खत्री, इन्द्रबहादुर सुनार, रिमा थापा, बबिता विक र दीपेन्द्र शाहीलाई गाउँभेलाले सर्वसम्मत चयन गरेको हो । न्यू डाँफेको नेतृत्व चयन गाउँ भेलाले गर्दै आएको छ । भर्खरै दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको क्लबले आगामी वर्ष गोल्डकप प्रतियोगिता गराउने गरी तयारी अहिलेबाटै सुरु गरिने नवनिर्वाचित अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको सपत ग्रहण, निर्वाचित भएको प्रमाण पत्र र निवर्तमान कार्यसमितिलाई विदाई तथा सम्मान पत्र प्रदान कार्यक्रम आइतबार गरिने निर्वाचन समिति संयोजक लोक बहादुर खत्रीले जनाए । आईतबार नै नव कार्य समितिले सल्लाहकार चयन गर्ने भएको सचिव बालाराम खत्रीले जनाएका छन् ।