राति सुत्ने बेलामा तपाई भित्री वस्त्र र कसिला वस्त्र प्रयोग गर्नुहुन्छ भने सावधान । अझैपनि केहीले त भन्छन्, ‘ह्या ,सुत्ने त हो नि, कस्तो लुगा भन्ने कुराले के नै फरक पार्छ र ?’ यदि त्यसो हो भने तपाई गलत सोच्दै हुनुहुन्छ । यो बानी हटाइहाल्नुहोस् ।
एक अध्ययनका अनुसार राति सुत्ने बेलामा भित्री बस्त्र खोलेर खुकुला र सुतीको कपडा प्रयोग गर्नुभएन भने तपाईको शरीरमा समस्या देखिन थाल्छ ।
हो, अझ महिलाले यस्तो कुरामा विशेष ध्यान दिनुपर्छ । २४ सै घण्टा तपाईले ब्रा लगाउनाले शरीरमा अनेक समस्याहरू देखिन्छन्। हुन त तपाई भन्नुहोला शरीरको बनावटलाई आकर्षक बनाउन पनि ब्राको प्रयोग त गर्नैप(यो नि । तर त्यसो होइन जब तपाई बेडमा जानुहुन्छ तब भित्री वस्त्र खोलेर सुतीको कपडा प्रयोग गर्नुहोस् यसबाहेक अरु समयमा अनिवार्य भित्री वस्त्र प्रयोग गर्नुहोस् । पुरुषले पनि रातमा सुत्दा भित्री कपडा खोलेर खुकुला सुतीको कपडा प्रयोग गर्नु हितकर हुन्छ ।