Friday, May 2, 2025
spot_imgspot_img
Homeबिबिधसिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

नेपालगन्ज ७ बैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आप्नो १८ औं बार्षिकोत्सव विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी नेपालगञ्जलगायत देशभरि मनाएको छ ।

बार्षिकोत्सवका नेपालगञ्जलगायत देशभरका विभिन्न शाखाले वित्तिय साक्षरता र्र्याली, रक्तदान खेलकुदलगायत कार्यक्रम गरिएको कलस्टर प्रमुख विनय गौतमले जानकारी दिनुभयो ।कलस्टर प्रमुख गौतमका अनुसार, नेपालगञ्जमा कलस्टर कार्यालय अन्तर्गत विभिन्न ११ वटा शाखा रहेका छन् । ‘कलस्तर अन्तर्गत बाँकेको नेपालगञ्ज र कोहलपुरमा, बर्दियाको बढैयाताल, गुलरिया, सानोश्रीमा, दाङ्गको लमही, तुल्सीपुर, घोराही र बंगलामुखीमा, प्युठानको झिम्रुक र पूर्वी रुकुमको भुमेमा शाखा कार्यालयहरु रहेका छन्’—गौतमले बताउनुभयो ।

बार्षिकोत्सवका अवसरमा आज नेपालगञ्जको धम्बोझीस्थित बैंकको कार्यालयवाट वित्तिय साक्षरत र्र्याली निकालिएको थियो । उक्त र्र्याली नेपालगञ्ज बजारको परिक्रमा पछि बागेश्वरी मन्दिर परिसरमा पुगरेर सभामा परिणत भएको थियो ।यस्तै बैंकले बाँके रेडक्रसको सहकार्यमा नेपालगञ्जस्थित बैंककै प्रांगणमा रक्तदान कार्यक्रम समेत गरेको छ । रक्तदानमा बैंकका कर्मचारीलगायत ५० बढीले एक÷एक पिन्ट रक्तदान गर्नुभएको बताइएको छ ।

कार्यक्रममा कलस्टर प्रमुख गौतमले सिटिजन्स बैंकलाई सफल बनाउन सहयोग गर्ने ग्राहक, शुभचिन्तकलगायत समाजका सबै तहतप्कामा महानुभावहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments