Friday, May 2, 2025
spot_imgspot_img
Homeबिबिधबाँकेका सिडियोको अभिव्यक्ति विरुद्ध पत्रकार सम्बद्ध संगठन एकजुट

बाँकेका सिडियोको अभिव्यक्ति विरुद्ध पत्रकार सम्बद्ध संगठन एकजुट

बाँके :
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मिसन टुडे दैनिकमा कार्यरत पत्रकार शुभाकर विश्वकर्मामाथि लाञ्छना प्रयोग गरेको अपशब्दप्रति पत्रकार सम्बद्ध संघ संगठनहरुले व्यापक विरोध जनाएका छन् । नागरिकताको विषयमा समाचार प्रयोजनका लागि फोन गरेका पत्रकार विश्वकर्मालाई सिडियो जोशीले प्रयोग गरेको शब्द प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै उनीहरुले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ, बाँके शाखा र अन्य पेसागत संगठनहरुले प्रेस विज्ञप्ति जारी गर्दै जोशीको अभिव्यक्ति गैरजिम्मेवार र खेदजनक रहेका बताएका छन् । नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै बाँकेका सिडियो र एसपीले पत्रकारविरुद्ध गरेको व्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव रामप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा समाचारका विषयमा बुुझ्न खोज्दा सिडियो जोशीले प्रयोग गरेको शब्द र बाँकेका एसपी तुलबहादुर कार्कीले फोन गरेर गरेको केरकार प्रति गम्भीर आपत्ति जनाइएको छ । राज्यका जिम्मेवार निकायमा रहेका जिम्मेवार व्यक्तिबाट प्रस्तुत शैली प्रेस स्वतन्त्रता विरोधी भएको महासंघको ठहर छ । यस्तै नेपाल पत्रकार महासंघ बाँकेले पत्रकार विश्वकर्माले एक जना व्यक्तिले नागरिकता नपाएको विषयमा समाचार संकलन हेतुले प्रमुख जिल्ला अधिकारीलाई वैशाख ५ गते शुक्रबार दिउँसो फोन सम्पर्क गर्दा घोर आपत्तिजनक शब्द प्रयोग गर्नु सिंगो पत्रकारिताको शाख र स्वाभिमानमाथिको प्रहार भएको जनाएको छ ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै शाखाले प्रमुख जिल्ला अधिकारीलाई समाचारका विषयमा सोधिरहँदा किन दलाल भन्नुभयो भन्दा ‘नागरिकताको लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्ने जस्तो अत्यन्तै गैरजिम्मेवार अभिव्यक्ति दिएको शाखाले ठहर गरेको छ । सचिव कृष्ण ओलीद्वारा हस्ताक्षरित विज्ञिप्तमा भनिएको छ, ‘समाचारका लागि सम्पर्क गरेका पत्रकारमाथि प्रजिअ जोशीले गैरजिम्मेवार र गैरजवाफदेही अभिव्यक्ति दिनु खेदजनक र भत्सर्नायोग्य छ ।
यो घटनाले स्वस्थ, निष्पक्ष र मर्यादित पत्रकारितालाई हतोत्साहित गरेको शाखा अध्यक्ष नवीन गिरीले बताउनुुभयो । साथै प्रमुख जिल्ला अधिकारी जोशीको पत्रकार र मिडिया जगतप्रतिको स्पष्ट धारणा यथाशीघ्र माग गरिएको अध्यक्ष गिरीको भनाइ छ । सिडिओ र एसपी कार्कीले आफ्नो धारणा सार्वजनिक नगरेमा पत्रकार महासंघ बाँके शाखा थप कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।

यस्तै, नेपाल पत्रकार महासंघ जुम्ला,प्रेस सेन्टर नेपाल जिल्ला समिति बाँके,प्रेस युनियन बाँकेले बाँके,प्रेस चौतारी बाँके,प्रगतीशील पत्रकार संघ बाँके र राष्टिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश र राष्टिय दलित पत्रकार संघ कर्णाली प्रदेश र राष्टिय दलित पत्रकार संघ बाँके शाखाले प्रेस विज्ञप्ति जारी गर्दै बाँकेका पत्रकार विश्वकर्मामाथि बाँकेका सिडिओ जोशी र एसपी कार्कीले अपमानित गरेको र धम्कीपूर्ण तवरले केरकार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको जनाएका छन् । उनीहरुले पनि प्रमुख जिल्ला अधिकारी जोशीको पत्रकार र मिडिया जगतप्रतिको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् । अन्यथा आन्दोलतमा उत्रिने उनीहरुको चेतावनी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments