Friday, May 2, 2025
spot_imgspot_img
Homeबिबिधनेकपा एसले १३ गते प्रतिनिधि छनौट गर्दै

नेकपा एसले १३ गते प्रतिनिधि छनौट गर्दै

बाँके :नेकपा एकीकृत समाजवादी ८औं जिल्ला अधिवेशन सफल बनाउन जिल्लाका सबै स्थानीय तहहरुमा बैठक सम्पन्न गरिएको छ।

कोहलपुर नगर कमिटी अध्यक्ष शिव डाँगीको अध्यक्षतामा बसेको बैठकले अधिबेशनलाई ऐतिहासिक बनाउन विभिन्न उप समिति निर्माण गरेर जिम्मेवारी बाँडफाँड गरेको नगर सचीव तेज प्रसाद अधिकारीले जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी कोहलपुर नगर कमिटी लगाएत जिल्लाका सबै स्थानीय तहका कमिटीहरुको आगामी बैशाख १३ गते दिउँसो ११ बजे आ-आफ्नो स्थानीय तहमा बैठक बस्ने गरि निर्णय पारित गरिएको नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचीव दिपक जि एम ले बताउनुभयो ।

कोहलपुर नगर कमिटीले १३ गते शिद्विबिनायक सामुदायिक बन उपभोक्ता समितिको पिकनिक पार्क कोहलपुर ११ मा पार्टी सदस्यता नवीकरण सहित अधिवेशन प्रतिनिधि छनौट गर्नेछ । बैजनाथ गाउँ कमिटीको बैजनाथ ४ बानियाभार बैठक बस्ने पार्टी सदस्यता नवीकरण गर्नेसँगै प्रतिनिधि छनौट गरिने छ।प्रतिनिधि हुनको लागि सदस्यता नवीकरण भएको र उम्मेदवार बन्नको लागि समेत सदस्यता नवीकरण अनिवार्य गरेको हुनुपर्ने जिल्ला प्रचार बिभाग सदस्य लोकनाथ शर्माले जानकारी दिनुभयो ।

जानकी गाउँपालिका,खजुरा गाउँपालिका
राप्तीसोनारी गाउँपालिका डुडुवा गाउँपालिका,नरैनापुर गाउँपालिका र नेपालगन्ज उप-महानगर पालिका सबै स्थानीय तहमा बैशाख १३ गते सदस्यता नवीकरण र अधिवेशन प्रतिनिधि छनौट गरिने पोलिट ब्युरो सदस्य एवं बाँके जिल्ला ईन्चार्ज अब्दुल हुँसैन खानले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments