Friday, May 2, 2025
spot_imgspot_img
Homeबिबिधगुन्द्रीमै बसेर करोडौंको सहकारी सञ्चालन गर्ने महिला शक्ति

गुन्द्रीमै बसेर करोडौंको सहकारी सञ्चालन गर्ने महिला शक्ति

बैजनाथ बाँके: बैजनाथ गाउँपालिका–८, पिपिरी, बाँके — गुन्द्रीमा बसेर बैठक गर्ने ती महिलाहरुले आज करोडौंको लगानी भएको सहकारी संस्था सञ्चालन गरिरहेका छन्। ‘श्री दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्था लि.ले ७६० जना महिलालाई समेट्दै कृषि, पशुपालन र सहकारी अभियानमा उदाहरणीय सफलता हासिल गरेको छ।

अध्यक्ष लक्ष्मी कुमारी ओलीका अनुसार हाल सहकारीमार्फत ८२८ वटा खसी बिक्री वितरण भइरहेको छ। रासायनिक मलको बिक्रिका लागि २७,२५० केजी डिएपी र ५०० केजी पोटास उपलब्ध छ भने, किसानलाई तरकारी उत्पादन गर्न बीउ–बिजन समेत निशुल्क बितरण गर्ने गरिएको छ।

सहकारीले २५ वटा इन्डेक्सन चुलो वितरण गरेको छ भने २ लाख रुपैयाँसम्मको समूह जमानत ऋण महिला सदस्यलाई दिँदै आएको छ। हालसम्म १ करोड ५० लाख रुपैयाँभन्दा बढीको लगानी भइसकेको सहकारीले महिलालाई आत्मनिर्भर बनाउने कार्यमा उल्लेखनीय भूमिका खेलेको छ।

केवल ३ जना कर्मचारी रहेको यस सहकारीलाई महिलाहरुको मेहनत, एकता र लगनशीलताले नै उचाइमा पुर्याएको छ। ग्रामीण महिलाले देखाएको यो उदाहरण अरूका लागि प्रेरणाको स्रोत बनेको छ।

सम्बन्धित सरोकारवाला निकाय सहकारी सम्बन्धि काम गर्ने संघ संस्थाहरुले यस्ता मेहनती उद्यमी महिलाहरुले संचालन गरेको सहकारीलाई सहयोग गरे अझै उत्कृष्ट उदाहरण बन्न सक्छ। बैजनाथ गाउँपालिका स्थानीय सरकारले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत यस्ता मेहनती र सच्चा किसानको हातमा सहयोग पुर्याउनु आवश्यकता अनुसार अनुगमन नियमन संगै प्रोत्साहन गर्न सके महिलाहरुलाई आत्मनिर्भर बनाउन बल पुग्ने छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments