Friday, May 2, 2025
spot_imgspot_img
Homeबिबिधएपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

नेपालगन्ज बाँके,
विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । इन्जुरी समयमा गीता रानाको हेड गोल नै एपिएफलाई बिजयी बनाउन सफल भयो ।

आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।

एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो । यता, पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा  सेमिफाइनलमा भने विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई  सेडनडेथमा ६–५ ले पराजित गरेको थियो ।

खेलको प्लेयर अफ द फाइनल एपीएफका गिता राना घोषित भइन । उनलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य दिनेश बिष्टले नगद रु ५ हजार प्रदान गरे । रेफ्री कृति सेन ,जमुना आले ,अमर घले र कृष्ण खत्री लाई बाँकेको कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदी र खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले मायाको चिनो प्रदान गरेका थिए । यसैगरी आजको उत्कृष्ट गोल रक्षक नेपाल पुलिस क्लबका उषा नाथलाई नेपाली कांग्रेस बाँकेका सभापती नारायण प्रसाद गौडेल र नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङले नगद रुं १० हजारले सम्मान गरेका थिए ।

यसैगरी उत्कृष्ट डिफेन्डर एपिएफका गिता राना,स्ट्राइकर अनिता केसी र प्रशिक्षक भगवती थापा लाई सम्मान गरीएको छ थियो । यसैगरी सर्वोत्कृष्ट खेलाडी एपीएफका क्याप्टेन अनिता बस्नेतले नगद रु २५ हजार हात पारेकी छिन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments