Friday, May 2, 2025
spot_imgspot_img
Homeबिबिधनेकपा (एस) बाँके : जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न

नेकपा (एस) बाँके : जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न

बाँके — नेकपा (एकीकृत समाजवादी) बाँके जिल्लाले आउँदो बैशाख २० गते हुने आठौँ जिल्ला अधिवेशनका लागि शनिबार प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न गरेको छ। जिल्लाका सबै स्थानीय तहहरूबाट जिल्ला तथा प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू छनोट गरिएको हो।

जिल्ला सचिव दीपक जि.एम.का अनुसार, पार्टी सदस्यता नवीकरण कार्यसम्पन्न गरेपछि प्रतिनिधि छनोट गरिएको हो। संगठनका २० जना सदस्य बराबर एक जना जिल्ला प्रतिनिधि चयन गरिएको छ भने, दलित समूदायका १५ जना सदस्य बराबर एक जना दलित प्रतिनिधि चयन गरिएको छ।

त्यस्तै, आगामी लुम्बिनी प्रदेश अधिवेशनका लागि भने ४० जना संगठित सदस्य बराबर एक जना प्रदेश प्रतिनिधि चयन गरिएको जानकारी सचिव जि.एम.ले दिनुभयो। जिल्ला अधिवेशन सफल बनाउन प्रतिनिधि छनोट प्रक्रिया पारदर्शी र सहभागी बनाइएको पार्टीले जनाएको छ। जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

पार्टीका अनुसार जिल्ला अधिवेशनमा बाँके जिल्लाका सम्पूर्ण पालिकाहरूबाट प्रतिनिधित्व हुनेछ भने अधिवेशनलाई भव्य बनाउने तयारी तीव्र रूपमा अघि बढाइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments