नलगाड, जाजरकोट – नेकपा (माओवादी केन्द्र) जिल्ला पाटिको आयोजनामा जाजरकोटको नलगाडमा एक विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय स्कुल विभागका सचिव रामदिप आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै प्रदेश स्कुल विभागका ईन्जिनियर वसन्त शर्मा, प्रशिक्षक दलजित शाहि, राजेन्द्र बिक्रम शाह र धर्म ब. केसीले प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरेका थिए।
कार्यक्रममा जाजरकोट जिल्लाका ७ वटा पालिकाका पदाधिकारीहरू, जनवर्गीय संगठनका प्रमुखहरू तथा स्थानीय नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, स्कुल विभागको कार्यदिशा र भावी योजनाहरूबारे विस्तृत छलफल भएको आयोजकले जानकारी दिएको छ।
उक्त अवसरमा प्रमुख अतिथि आचार्यले संगठनात्मक सुदृढीकरण र नयाँ पुस्तालाई पार्टीको वैचारिक प्रशिक्षणमा जोड्नुपर्ने आवश्यकता औँल्याए। प्रशिक्षकहरूले पनि संगठनात्मक कार्यदिशा र नीति निर्माणमा विद्यालय विभागको भूमिकाको महत्त्वबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रमले जिल्लामा पार्टी गतिविधिलाई थप सुदृढ बनाउने विश्वास गरिएको नेकपा माओवादी केन्द्र जिल्ला संयोजक टेक बहादुर रावलले बताउनुभएको तेज बि क ले जानकारी दिनुभयो ।