Saturday, May 10, 2025
spot_imgspot_img
Homeयुनिक गतिबिधिबैजनाथमा फुटबल प्रशिक्षणमा युवाको आक्रसन

बैजनाथमा फुटबल प्रशिक्षणमा युवाको आक्रसन

बाँके, बैजनाथ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित लालपुर रंगशालामा १४ देखि १८ वर्ष समूहका युवा युवतीहरूलाई लक्षित गरी एक महिने फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

न्यु जर्नी युथ क्लबको आन्तरिक स्रोतबाट सञ्चालनमा ल्याइएको यो प्रशिक्षण कार्यक्रमले स्थानीय युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्य राखेको छ। वडा अध्यक्ष भुपाल पुन मगरका अनुसार प्रशिक्षणले युवाहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई सकारात्मक ऊर्जा र अनुशासित जीवनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

बिहीबार रंगशालामा कार्यक्रमको अवलोकन गर्न पुगेका वडा अध्यक्ष पुनसँगै क्लबका संरक्षक तथा समाजसेवी दिल बहादुर विश्वकर्मा, स्थानीय युवा समाजसेवी तेजराज खड्का, भूतपूर्व सैनिक रमेश ज्ञवाली, भक्त बोहरा लगायतका सामाजिक अगुवाहरू र स्थानीय युवा खेलाडीहरूको उपस्थिति रहेको थियो।

क्लबका क्याप्टेन प्रकाश बुढाथोकीका अनुसार प्रशिक्षणमा उत्साहजनक सहभागिता देखिएको छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र नियमित बनाउने योजना क्लबले बनाएको छ।

स्थानीय तहमा युवापुस्तालाई खेलकुदमा संलग्न गराउँदै सकारात्मक परिवर्तन ल्याउने प्रयासस्वरूप आयोजना गरिएको यो कार्यक्रमप्रति समुदायको पनि सकारात्मक प्रतिक्रिया देखिएको छ। तस्वीर…

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments