Friday, May 9, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेकपा एस को प्रथम लुम्बिनी अधिवेशनको लोगो एवं ब्यानर सार्वजनिक

नेकपा एस को प्रथम लुम्बिनी अधिवेशनको लोगो एवं ब्यानर सार्वजनिक

दाङ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनको लोगो तथा ब्यानर बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

बैशाख २७–२८ गते दाङको घोराहीमा हुने अधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममार्फत लुम्बिनी इञ्चार्ज मेटमणि चौधरी, प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे, उपसचिव अब्दुल हुसेन खान र पार्टीकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अनारकली मियाँ सहितका नेताहरूको उपस्थितिमा लोगो र ब्यानर सार्वजनिक गरिएको हो।

लोगोमा लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउने मायादेवी मन्दिर, बंगाल टाइगर, कृष्णसार, ताल र प्राकृतिक दृश्य समावेश गरिएको छ भने कम्युनिस्ट पार्टीको विचार र लक्ष्यलाई संकेत गर्ने झण्डा र रकेट पनि राखिएको छ।

“सुशासन र रोजगारी, समाजवादको तयारी” नाराका साथ तयार पारिएको यो लोगो तथा ब्यानरले पार्टीको समग्र दृष्टिकोण र अधिवेशनको उद्देश्यलाई प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।

अधिवेशनलाई भव्य, गरिमामय र सन्देशमूलक बनाउन तयारी तीव्र गतिमा अघि बढाइएको प्रदेश नेतृत्वले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments