Saturday, May 10, 2025
spot_imgspot_img
Homeसमाजबैजनाथमा आरन व्यवसाय सीप विकास तालिम

बैजनाथमा आरन व्यवसाय सीप विकास तालिम

बाँके:बैजनाथ गाउँपालिका–६ मा परम्परागत आरन व्यवसायलाई आधुनिक बनाउँदै स्वरोजगारमुखी बनाउन ३० दिने सीप विकास तथा प्रविधि हस्तान्तरण तालिम शुरु गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा स्थानीय दलित समुदायका व्यवसायीहरूलाई घरेलु औजार निर्माणमा आधुनिक सीप, प्रविधि र दक्षता प्रदान गरिएको हो।

तालिममा फलामका सामग्री निर्माण, डिजाइनमा सुधार, उत्पादनको गुणस्तर वृद्धि, बजार पहुँच विस्तार र व्यवसायिकता सम्बन्धी प्रशिक्षण दिइएको थियो। तालिमपछि सहभागीहरूलाई आवश्यक प्रविधि र उपकरण समेत हस्तान्तरण गरिएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले आरन व्यवसायलाई समयसापेक्ष बनाएर समाज र आर्थिक उन्नतिमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको बताए। सहभागी स्थानीय व्यवसायीहरूले तालिमबाट आफूहरूलाई नयाँ सीप सिक्न र आत्मनिर्भर बन्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments