Thursday, May 15, 2025
spot_imgspot_img
Homeस्थानीयसांसद राठौरद्वारा बैजनाथ-८ का योजनाको निरीक्षण

सांसद राठौरद्वारा बैजनाथ-८ का योजनाको निरीक्षण

बाँके:नेपाली काँग्रेसका सह-महामन्त्री तथा बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननीय किशोर सिंह राठौरले बैजनाथ गाउँपालिका वडा नं. ८ स्थित गुरुदयालपुर र करेलीभाग्रामा सञ्चालित विभिन्न विकास योजनाहरूको स्थलगत निरीक्षण गर्नुभएको छ।

उहाँसँगै बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाया, वडा अध्यक्ष भग्गन थारु, वडास्तरीय जनप्रतिनिधि र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। निरीक्षणका क्रममा सांसद राठौरले स्थानीयहरूसँग साक्षात्कार गर्दै जनसमस्याबारे जानकारी लिनुभयो।

मानखोला कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको आवश्यकता औंल्याउँदै उहाँले त्यसका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अन्य पूर्वाधार विकासमा पनि सहयोग गरिने सांसद राठौरले बताउनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments