सुर्खेत:युवा संघ YCL नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट लक्ष्मण सोनाम वलीको अध्यक्षतामा ७१ सदस्यीय नयाँ समिति निर्वाचित भएको छ।
नयाँ समितिमा उपाध्यक्षहरूमा प्रतिभा वली, हंस बस्नेत, विशाल रोकाय रहेका छन् भने सचिवमा लोकेन्द्र राणा चयन भएका छन्। सह–सचिवहरूमा दीपक बिष्ट, प्रेम नेपाली, लामन प्रसाद रिजाल, सूर्य फडेरा, प्रयागराज दाहाल, रमेश बुढाथोकी र कृष्णा शाही चयन भएका छन्। कोषाध्यक्षमा तिलक प्रसाद पाण्डे चयन भएका छन्।
नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।