जाजरकोट:नेकपा (माओवादी केन्द्र) ले “जनतासँग माओवादी जनजागरण अभियान” अन्तर्गत मध्य पहाडी लोकमार्ग केन्द्रीत कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अभियानको उद्देश्य माओवादी आन्दोलनका मूल्य–मान्यताहरू जनस्तरसम्म पुर्याउने, पार्टीको सांगठनिक सुदृढीकरण गर्ने, र जनतालाई समसामयिक राजनीतिक सन्देश दिनु रहेको छ।
मध्य पहाडी लोकमार्गले देशका विभिन्न भौगोलिक क्षेत्रहरूलाई जोड्ने महत्त्वपूर्ण कडी भएकाले यस अभियानले ग्रामीण र पहाडी भेगका जनतालाई प्रत्यक्ष रूपमा समेट्ने प्रयास गरेको छ। अभियान अन्तर्गत आमसभा, जनभेटघाट, घरदैलो, अन्तरक्रिया लगायतका कार्यक्रमहरू सञ्चालन गरिँदैछन्।
पार्टीका नेताहरूका अनुसार, यो अभियानले माओवादी आन्दोलनको पुनर्जागरण, जनतासँग प्रत्यक्ष संवाद, संविधानको रक्षा, संघीयता र सामाजिक न्याय जस्ता मुद्दाहरूमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
अभियानका मुख्य विशेषता:मध्य पहाडी लोकमार्ग हुँदै विभिन्न जिल्लाहरूमा यात्रा,गाउँ–शहरका जनतासँग प्रत्यक्ष संवाद,पार्टीको वैचारिक र सांगठनिक सुदृढीकरण,सामाजिक न्याय र परिवर्तनको एजेन्डामा जोड दिने लगाएतका एजेन्डा रहेको छ।
माओवादी केन्द्रको यो अभियानले पार्टी र जनताको सम्बन्धलाई थप मजबुत बनाउने र भविष्यको राजनीतिक बाटो निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।