Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियमाओवादी केन्द्रको जनसभा: अध्यक्ष प्रचण्डको सम्बोधन 

माओवादी केन्द्रको जनसभा: अध्यक्ष प्रचण्डको सम्बोधन 

जाजरकोट, जेठ ६ –
नेकपा (माओवादी केन्द्र) को “जनतासँग माओवादी – जनजागरण अभियान” अन्तर्गत सोमबार जाजरकोटको मनाघाटमा आयोजित जनसभामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था, माओवादी आन्दोलनको योगदान र आगामी मार्गचित्रबारे स्पष्ट सन्देश दिएका छन्।

प्रचण्डले जनसभामा भने, “जनताको अधिकार सुनिश्चित गर्न र नयाँ समाज निर्माणका लागि गरिएको हाम्रो संघर्ष अधुरो छैन, अब यसलाई परिणाममुखी बनाउनु छ। अहिलेको संघर्ष क्रान्तिको निरन्तरता हो।” उनले जनयुद्धको बलिदानलाई स्मरण गर्दै शहीद परिवार, घाइते योद्धा, अपांगता भएका योद्धा र पूर्व जनमुक्ति सेनाप्रति सम्मान प्रकट गरे।

सभामा माओवादी केन्द्रका अन्य शीर्ष नेताहरू महासचिव देब गुरुङ वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ उपाध्यक्ष अग्नि प्रसाद सापकोटा उपाध्यक्ष पम्फा भुसाल उप महासचिव शक्ति बहादुर बस्नेत नन्द किशोर पुन पासाङ सत्या पहाडी काली चलाउने लगाएतका शिर्ष नेता कार्यकर्ता स्थानीयहरुको उपस्थिति रहेको थियो। प्रचण्डले स्थानीय जनप्रतिनिधिहरू, कर्मचारीहरू र सर्वसाधारणसँग पनि संवाद गरेका थिए।

अभियानको उद्देश्य के हो?
“जनतासँग माओवादी” अभियान अन्तर्गत माओवादी केन्द्रले जनताको घरदैलोमा पुगेर जनसंवाद गर्ने, आन्दोलनको उपलब्धि जनतामाझ पुर्याउने, र पुनः सांगठानिक सुदृढीकरण गर्ने लक्ष्य लिएको छ।

जनसभा कार्यक्रममा नेकपा एमाले नेपाली काङ्ग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरि ४५० जना लाई प्रचण्डले खादा माला लगाएर स्वागत गरेका छन् । जाजरकोटका १० औं हजार जनताको उपस्तिथि रहेको नेकपा माओवादी केन्द्र जाजरकोट जिल्ला संयोजक टेक बहादुर रावल दर्शनले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments