Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियबाँके बर्दियालाई कर्णाली प्रदेशमा लानुपर्छ नेकपा(एस): उपाध्यक्ष ज्वाला

बाँके बर्दियालाई कर्णाली प्रदेशमा लानुपर्छ नेकपा(एस): उपाध्यक्ष ज्वाला

बाँके, बैशाख ११ – “दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अघि बढौं” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाँके जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ। जिल्ला अध्यक्ष दीपक जि.एम.को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा क्षेत्रीय विषयमा गहन छलफल भएको थियो।

बैठकले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गरिने प्रस्ताव पारित गर्न नेकपा (एकीकृत समाजवादी)केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले बताउनुभयो । भूगोल, संस्कृति र जनजीवनका आधारमा बाँके र बर्दिया कर्णालीसँग मेल खाने भएकाले बैठक बाट नै निर्णय गरेर कर्णाली प्रदेशमा मिसाउन जोड दिनुभएको छ। बैठकले सो प्रस्तावलाई कार्यान्वयन गर्न बाँके बर्दियाका क्रियाशील दलहरूसँग संवाद र छलफल गर्दै आवश्यक परेमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्नु यथार्थपरक र समय सापेक्ष निर्णय हुने बताएका थिए।

लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसैन खान, केन्द्रीय सदस्य नारायणी ओली, लुम्बिनी प्रदेश कमिटी सदस्यहरू, जिल्ला तहका पदाधिकारीहरू तथा अन्य नेताहरूको समेत बैठकमा उपस्थिति रहेको थियो।

बैठकले पार्टी निकट १८ वटा जनवर्गीय संगठन र १० वटा बिभागका प्रमुखहरू तोक्ने निर्णय गर्नुका साथै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र स्थानीय तहमा प्रभावकारी उपस्थिति बढाउने रणनीति तय गरेको जिल्ला अध्यक्ष दिपक जि एम ले बताउनुभएको जिल्ला सचीव तेज प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख अतिथी ज्वालाले अब राजनैतिक दल रोजगारी सिर्जना गर्ने मुख्य एजेन्डा लिएर अगाडि बड्ने बताउनुभयो ।सुशासन र रोजगारी मुख्य एजेन्डा बनाएर शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्बजनिक गरिएको छ।
प्रथम जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै ज्वालाले सबै नेता कार्यकर्ता एक रफ्तारका साथ अगाडि बड्न अनुरोध गर्नुभएको छ।
केन्द्रिय सदस्य प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसैन खान र प्रदेश सदस्यहरु लगाएत जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा एकदिने प्रशिक्षण एवं पार्टी बैठक सम्पन्न भएको छ। प्रथम जिल्ला बैठकको जिल्ला सचीव तेज प्रसाद अधिकारीले संचालन गर्नुभएको थियो।कार्यक्रमका झलकहरु…

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments