Thursday, July 3, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथ-८ मा भूमि समस्या समाधानका लागि विशेष छलफल

बैजनाथ-८ मा भूमि समस्या समाधानका लागि विशेष छलफल

बैजनाथ, बाँके – बैजनाथ गाउँपालिका ८ टिटिहिरियामा शनिबार सुकुम्बासी समस्या समाधान आयोग बाँकेका सदस्य केशव कुमार शाहको उपस्थितिमा बैजनाथ गाउँपालिका-८ मा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले गर्नुभएको थियो।

छलफलमा बैजनाथ-८ का जनप्रतिनिधि, सामाजिक अगुवा नेपाली काङ्ग्रेस बैजनाथ सभापति देवबहादुर केसी, गगनबहादुर खत्री रिजाल,नागरिक उन्मुक्ति पार्टी बाँके जिल्ला अध्यक्ष चन्तराम थारु, पवनकुमार थारु लगायत सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा साविकका वडा नं. १, २, ३, ५, ८ र ९ भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूको पहिचान, व्यवस्थापन र अधिकार प्रत्यायोजनका विषयमा गम्भीर छलफल गरिएको थियो।

विगतमा आयोगले थालेका तर अधुरा र अपूरा रहेका कामहरूलाई प्रक्रिया पुर्‍याएर तत्काल अगाडि बढाउने निर्णय गरिएको छ। छलफलका सहभागीहरूले सबै सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य र सहयोग गर्दै कुनै पनि राजनीतिक हस्तक्षेपबिनै यो कार्य जनताको हकहितमा अघि बढाउनु पर्नेमा जोड दिएका छन्।

बैजनाथ गाउँपालिका-८ भित्रका भूमिहीन तथा सुकुम्बासी समुदायको जीवनस्तर उकास्न र उनीहरूको आवास तथा भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्न गरिएका यस्ता पहलहरूप्रति स्थानियवासीहरूले पनि आशा व्यक्त गरेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments