Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रिय"सुशासन र रोजगारी नै समाजवादको तयारी हो" रामकुमारी झाँक्री

“सुशासन र रोजगारी नै समाजवादको तयारी हो” रामकुमारी झाँक्री

बाँके, नेपालगन्ज, बैशाख १६ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालगन्ज उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि तथा पार्टी स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टीको मूल नारा “सुशासन र रोजगारी, समाजवादको तयारी” रहेको स्पष्ट पार्दै अबको यथार्थपरक परिवर्तन यही नारा बोकेको पार्टीबाट मात्र सम्भव रहेको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले नेपालको राजनीतिक परिवेशमा परिवर्तन ल्याउन गाली गलौज र विरोधभन्दा पनि योजनाबद्ध कार्यक्रम, उत्पादनमुखी सोच र जनउत्तरदायी कामको आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “पार्टीले फरक शैलीमा नीति र कार्यक्रम अघि सारेको छ। अबको बाटो गाली गर्ने होइन, गुनासो सुन्ने र समाधान गर्ने हो।”

उहाँले हाल देशभर जारी रहेको युवा विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारीको सम्भावना निर्माण गर्न सामूहिक कृषि खेतीलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँको भनाइमा, “बसाइँसराइले देश विकास गर्दैन। युवाशक्ति स्वदेशमै उपयोग गर्न सक्ने नीति हाम्रो पार्टीले अवलम्बन गरिसकेको छ। सामूहिक कृषि प्रणाली मार्फत स्वदेशमै रोजगारी सिर्जना गर्दैछौं।”

रामकुमारी झाँक्रीले अधिवेशनमा युवा नेतृत्वको उपस्थितिलाई सकारात्मक संकेतको रूपमा लिँदै पार्टीको भविष्य उज्वल रहेको बताउनुभयो। उहाँले बाँके जिल्लाका हरेक वडामा पार्टी निर्माण र संगठन सुदृढ गर्न आफू निरन्तर सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै भन्नुभयो, “पार्टीको आवश्यकता अनुसार म कुनै पनि बेला नेपालगन्ज आइपुग्न तयार छु। नेतृत्व विकास र संगठन सुदृढीकरणमा मेरो पूर्ण साथ रहनेछ।”

झाँक्रीले नगर अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वलाई अग्रिम शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो।

नगर अधिवेशनमा बाँके जिल्लाका विभिन्न वडाबाट आएका प्रतिनिधिहरू, पार्टीका नेता तथा कार्यकर्ता, युवा समूह र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत हुनुका साथै आगामी कार्ययोजना पनि पारित गरिएको थियो।

बाँके जिल्लामा नेकपा (एकीकृत समाजवादी)अध्यक्ष निर्वाचित भएलगतै जिल्ला अध्यक्ष दिपक जि एम भन्नुहुन्छ:निरन्तर बाँके जिल्लाका सबै स्थानीय तहहरुमा अधिवेशन गरेर नेतृत्व चयन गरिने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments