नेपालगन्ज, बैशाख १६ – नेकपा (एकीकृत समाजवादी) नेपालगन्ज नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट गनेश प्रसाद ज्ञवालीको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरिएको हो।
नवनिर्वाचित नगर कमिटीमा उपाध्यक्षमा बद्री बहादुर यादव, सचिवमा इन्द्र बहादुर बस्नेत, उप–सचिवमा निर्मला थापा र सह–उप–सचिवमा सहदेव श्रेष्ठ चयन भएका छन्। साथै, थप १६ जना सदस्यहरू पनि निर्वाचित भएका छन्।
नवगठित नगर नेतृत्वलाई शुभकामना व्यक्त गर्नेक्रममा पार्टीका केन्द्रीय सदस्य नारायणी ओली, प्रदेश कमिटी अध्यक्ष अब्दुल हुंसेन खाँ प्रदेश कमिटी सदस्यहरू आईते पुन मगर, शान्ता थपोलिया, उत्तर कुमार गौतम, निवर्तमान प्रदेश सदस्य डम्मर थापा, जिल्ला अध्यक्ष दीपक जि.एम., जिल्ला उपाध्यक्ष करिश्मा योगी, सचिव तेज प्रसाद अधिकारी, उप–सचिव टेकेंद्र मल्ल, मकबुल खाँ र प्रेमिका शाहीलगायतका नेताहरूले नवनिर्वाचित कमिटीलाई शुभकामना ब्यक्त गर्नुभएको सचीव अधिकारीले जानकारी दिनुभयो ।
शुभकामना वक्ताहरूले नवगठित नगर कमिटीले पार्टी संगठन मजबुत बनाउने, जनतासँगको सम्पर्क अझ सशक्त बनाउने र समाजवादी आन्दोलनलाई अघि बढाउने कार्यमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
जिल्ला सचिव तेज प्रसाद अधिकारीले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो।