नेपालगञ्ज, जेठ १७ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाँके जिल्ला कमिटीको आयोजनामा “सुशासन र रोजगारी, समाजवादको तयारी” विषयक अन्तरक्रिया कार्यक्रम यही जेठ १७ गते नेपालगञ्ज स्थित होटेल सि एस टी होटेलमा गरिने भएको छ।
कार्यक्रममा बुद्धिजीवी, प्राज्ञिक, पेशाकर्मी, उद्योगी र कृषक वर्गलाई आफ्ना धारणा प्रस्तुत गर्न आग्रह गरिएको छ। समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा व्यापक छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
विषयगत विज्ञ र पार्टीका नेताहरूले सुशासन, रोजगारी सिर्जना र समाजवादको तयारीका सन्दर्भमा विचार प्रस्तुत गर्नेछन्।
जिल्ला कमिटी बाँकेले यस्ता कार्यक्रमहरू मार्फत जनस्तरसँग प्रत्यक्ष संवाद गर्दै पार्टी नीति तथा योजनालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्य राखेको जिल्ला अध्यक्ष दिपक जि एम ले जानकारी दिनुभयो ।