Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजशिक्षानिम्बल एकेडेमीमा विद्यालय नेतृत्व चयन, विकास शाही कप्तान निर्वाचित

निम्बल एकेडेमीमा विद्यालय नेतृत्व चयन, विकास शाही कप्तान निर्वाचित

अनमोल दलामी, संवाददाता
बाँके, जेठ १६

कोहलपुर–११, बाँकेस्थित निम्बल एकेडेमीमा २०८२ शैक्षिक सत्रका लागि विद्यालय कप्तान, उपकप्तान र चार हाउसका कप्तान तथा उपकप्तान चयन भएका छन्।

विद्यालय कप्तानमा विकास शाही २१४ मतसहित विजयी बनेका छन्। उनका प्रतिस्पर्धी कमल बुढाले २०८ मत ल्याए। ६ मतको जितसँगै शाहीले दोस्रो प्रयासमा सफलता हात पारेका हुन्।
उपकप्तानमा करिश्मा खत्री २३६ मतसहित निर्वाचित भइन्।

चार हाउसको नेतृत्वमा निलो हाउसबाट विजय बुढा र रोजिता पौडेल, रातो हाउसबाट दिपाली सिंह र अश्विन शर्मा, पहेंलो हाउसबाट स्वर्णिमा गिरी र दिवस बुढा तथा सेतो हाउसबाट प्रकाश बिक र निशान्त केसी विजयी भए।

विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र बुढाथोकीले नेतृत्व चयनले विद्यालयको समस्या समाधान र अनुशासनमा सकारात्मक प्रभाव पार्ने बताए।
प्रधानाध्यापक रमेश खत्रीले चुनावमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै निर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments