Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियसन्धिखर्कमा ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्व प्रतियोगिता सम्पन्न

सन्धिखर्कमा ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्व प्रतियोगिता सम्पन्न

अर्घाखाँची, जेठ १९
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा सन्धिखर्क नगरपालिका–२ स्थित श्री भगवती माध्यमिक विद्यालयमा ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। आफ्नो मन्तव्यमा प्रशासकीय अधिकृत भुसालले सामाजिक सुधार र देश निर्माणमा सबै जात–जातिका योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अझै पनि विद्यमान छुवाछूत र रूढीवादी परम्पराहरूलाई अन्त्य गर्न दलित समुदायलाई आत्मनिर्भर बनाउने नीति र कार्यक्रममार्फत सन्धिखर्क नगरपालिका अघि बढिरहेको बताए।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष मोतिजंग रायमाझी, विद्यालयका प्रधानाध्यापक ध्रुव बी. केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष गणेश खनाल, प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष हृदयकुमार भुसाल, दलित अधिकारकर्मी विष्णु परियार र सञ्जय नेपाली लगायतले कार्यक्रमको प्रशंसा गर्दै राष्ट्रिय दलित पत्रकार संघले स्थापना दिवसको अवसरमा उठाएको सकारात्मक कदमलाई स्वागत गरे।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त विद्यार्थीहरूलाई प्रशंसा पत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

कार्यक्रम संघका प्रदेश सचिव अनिल नेपालीको अध्यक्षतामा तथा जिल्ला उपाध्यक्ष नवीन रसाइलीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा दलित अगुवा, सञ्चारकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments