Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजकृषिबैजनाथमा कृषकहरूका लागि फलफुल उत्पादन तथा व्यवस्थापन तालिम शुरु

बैजनाथमा कृषकहरूका लागि फलफुल उत्पादन तथा व्यवस्थापन तालिम शुरु

बैजनाथ बाँके
बैजनाथ गाउँपालिकाको आयोजनामा दुई दिने ‘फलफुल व्यवस्थापन सम्बन्धी कृषक स्तरीय तालिम’ शुरु भएको छ। जेठ १९ गते देखि सुरु भएको तालिम बैजनाथ गाउँपालिका–रामपुरमा सञ्चालित छ।

उक्त तालिममा बैजनाथ गाउँपालिकाका २४ जना कृषकहरू सहभागी भएका छन्। कार्यक्रमको उद्देश्य कृषकहरूलाई फलफुल उत्पादन, बिरुवा व्यवस्थापन, सुरक्षा, संरक्षण तथा बजारीकरणको बारेमा व्यवहारिक ज्ञान प्रदान गर्नु हो।

तालिममा कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा, कृषि अधिकृत बिष्णुमाया मल्ल, कृषि प्राविधिक मोतिराम चौधरी र कृषि प्राविधिक लक्ष्मी रेग्मी ले सहभागी कृषकहरूलाई फलफुल उत्पादनका आधुनिक प्रविधि, रोग नियन्त्रणका उपाय, र बजारसम्म उत्पादन पुर्‍याउने तरिकाबारे विस्तृत जानकारी प्रदान गरे।

कार्यक्रमका सहजकर्ता लक्ष्मी रेग्मीले बैजनाथका कृषकहरूको फलफुलमा बढ्दो चासोलाई सम्बोधन गर्दै तालिमले व्यावसायिक फलफुल खेतीतर्फ कृषकहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले आगामी दिनमा अझ बढी कृषकलाई समेट्ने गरी यस्ता तालिम सञ्चालन गर्दै लैजाने योजना बनाएको समेत जानकारी गराइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments