बाँके:लुम्बिनी प्रदेश सहकारी सङ्घका अध्यक्ष तथा नेकपा एमालेका नेता प्रेम प्रसाद सुवेदीकी धर्मपत्नी एवं राष्ट्रिय सहकारी बैंककी कर्मचारी सुनिता कुमारी बमको उपचारको क्रममा लखनउमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार मुटु सम्बन्धी समस्या देखिएपछि भारतको लखनउस्थित एक अस्पतालमा उपचाररत रहँदै गर्दा बमको निधन भएको हो।
स्वर्गीय बम लामो समयदेखि सहकारी क्षेत्रमा समर्पित भएर कार्यरत थिइन्। उनको असामयिक निधनले सहकारी क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ।
यस दुःखद घटनाले सिङ्गो बैजनाथ गाउँ शोकमा डुबेको छ। सहकर्मी, शुभचिन्तक तथा समाजसेवीहरूबाट शोक सन्देश तथा समवेदना प्रकट भइरहेको छ।