बर्दिया:विश्व वातावरण दिवसको अवसरमा बाँसगढीमा फलफूलका बिरुवा रोपणविश्व वातावरण दिवसको अवसर पारेर बर्दियाको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढी र बर्दियाको सहस्त्र प्रहरी बल कार्यालय कतरनियामा संयुक्त रूपमा फलफूलका बिरुवाहरू रोपिएका छन्। हरित वातावरणको सन्देश फैलाउँदै नेपलामा कम पाइने बिरुवाहरू रोपिएका हुन्।
यस अभियानमा इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख इन्सपेक्टर श्री उमा शंकर प्रसाद गुप्ता र सहस्त्र प्रहरी बल कतरनियाका इन्चार्ज डिएसपि दामोदर सुवेदीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। दुबै कार्यालयका सम्पूर्ण प्रहरी टिमले सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमप्रति आभार व्यक्त गर्दै आयोजकहरूले वातावरण संरक्षणमा सुरक्षा निकायहरूको अग्रसरता प्रशंसनीय भएको बताए। साथै, बाँसगढी क्षेत्रमा विश्व वातावरण दिवस मनाउन लागिपरेका सम्पूर्ण संघ–संस्थाहरूलाई समेत धन्यवाद ज्ञापन गरिएको छ।
स्थानीय स्तरमै यस्तो अभियानले वातावरणीय सचेतना जगाउन मद्दत पुर्याउने विश्वास गरिएको समाजसेवी वीर बहादुर सोनीले जानकारी दिनुभयो ।