Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथमा नेकपा (एस) को दोस्रो अधिवेशन सुरु

बैजनाथमा नेकपा (एस) को दोस्रो अधिवेशन सुरु

बैजनाथ, बाँके | “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बैजनाथ गाउँपालिका कमिटी अध्यक्ष जय बहादुर शाहको अध्यक्षतामा दोस्रो अधिवेशन भव्य रूपमा सुरु भएको छ। अधिवेशन प्रभात नमूना माध्यमिक विद्यालयको सभाहलमा सुरु भएको हो।

कार्यक्रमको उद्घाटन नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुंसैन खानको प्रमुख आतिथ्यमा खानले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो। प्रमुख अतिथि खानले समाजवाद निर्माणको दिशामा पार्टीले लिएको नीति र योजनाबारे प्रकाश पार्दै, संगठनलाई अझ मजबुत बनाउन सबै तहबाट सक्रिय भूमिका आवश्यक रहेको बताए।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू, पार्टीका स्थानीय र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनले संगठन सुदृढीकरण, सदस्यता नविकरण, स्थानीय तहमा जनसमस्याको पहिचान तथा समाधानमा पार्टीको भूमिका लगायतका विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ।

बैजनाथ गाउँपालिका अध्यक्षदेखि वडा स्तरसम्मका प्रतिनिधिहरूको सहभागिता रहेको अधिवेशनमा भावी रणनीति तय गर्ने र नयाँ नेतृत्व चयन प्रक्रिया समेत अघि बढाइने नेकपा एकीकृत समाजवादी बैजनाथ उपाध्यक्ष सुन्दर मान विश्वकर्माले जानकारी दिनुभयो।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments