Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेकपा एसको बर्दिया अधिवेशन जेष्ठ २८ मा,३५० प्रतिनिधि चयन

नेकपा एसको बर्दिया अधिवेशन जेष्ठ २८ मा,३५० प्रतिनिधि चयन

बर्दिया — नेकपा (एकीकृत समाजवादी) ले देशभर संगठनात्मक वैधानिकताका लागि अधिवेशनहरू गर्दै आएको सन्दर्भमा बर्दिया जिल्लाको अधिवेशन मिति २०८२ जेष्ठ २८ गतेका लागि अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ।

जिल्लाका आठै पालिकाबाट भौगोलिक आधारमा प्रतिनिधि छनोट गर्ने प्रक्रिया अन्तर्गत जेष्ठ २४ गते एकैदिनमा ३५० जना प्रतिनिधि चयन गरिएका छन्। तीमध्ये गुलरिया नगरपालिकाबाट १०८ जना प्रतिनिधि चयन भएका छन् भने सबैभन्दा कम प्रतिनिधि ठाकुरबाबा नगरपालिकाबाट १० जना छनोट भएका छन्।

प्रतिनिधिहरू श्रमजीवी, किसान, मजदुर, शिक्षक, बुद्धिजीवी, कानुन व्यवसायी, उद्योगी तथा व्यापारी वर्गबाट चयन गरिएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ भने यसलाई गरिमामय, भव्य र सभ्य बनाउन बर्दियाली जनताको अपार सहयोग प्राप्त भइरहेको छ।

उक्त अधिवेशनमा नैतिक, भौतिक र आर्थिक रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेकपा एसका उपसचिव तथा प्रचारप्रसार प्रमुख प्रतापकुमार गौतमले सञ्चारकर्मीहरूलाई अधिवेशनको सन्देश सम्प्रेषण गर्न आग्रह गरेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments