बाँके : राप्ती सोनारी गाउँपालिका–३ मा सञ्चालन गरिएको १५ दिने परम्परागत घरेलु हातहतियार एडभान्स तालिम २०७२ साल जेठ २८ गते सम्पन्न भएको छ। तालिम राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा तथा सम विकासका लागि सामाजिक अभियान (SoCAD), कोहलपुर–२ बाँके को आयोजनामा सञ्चालित थियो।
समापन समारोहका प्रमुख अतिथि वडा नं. ३ का वडा सदस्य मंगल वली रहनुभएको थियो। कार्यक्रममा प्रशिक्षक उमलनल विक, SoCAD संस्थाका कोषाध्यक्ष सीता विक लगायत ७ जना सहभागीहरूको उपस्थिति रहेको थियो।
तालिम समापन कार्यक्रमको सञ्चालन संस्था सचिव सियाराक धोबीले गर्नुभएको हो भने कार्यक्रमको अध्यक्षता कृष्णबहादुर विकेले गर्नुभएको थियो।
यस तालिमको उद्देश्य परम्परागत सीपको संरक्षण गर्दै आधुनिक आवश्यकता अनुसार सीपलाई परिमार्जन गर्नु रहेको आयोजकले बताएका छन्। सहभागीहरूले तालिमबाट घरेलु हातहतियार निर्माण, सुधार र सुरक्षित प्रयोगबारे व्यावसायिक ज्ञान हासिल गरेको जानकारी दिएका छन्।
स्थानिय स्तरमा रोजगारीको सिर्जना तथा आत्मनिर्भरताको बाटो खोल्ने यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा अझै विस्तार गर्ने योजनामा संस्था रहेको SoCAD ले जनाएको छ।