Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजनेकपा(एस)बर्दिया अधिवेशन बाट १३ प्रस्ताव पारित गरियो:उपाध्यक्ष गौतम

नेकपा(एस)बर्दिया अधिवेशन बाट १३ प्रस्ताव पारित गरियो:उपाध्यक्ष गौतम

बर्दिया, जेठ ३० — नेकपा (एकीकृत समाजवादी) बर्दिया जिल्लाको नवौं जिल्ला अधिवेशनले समसामयिक राजनीतिक, सामाजिक, आर्थिक विषयमा केन्द्रीत १३ वटा प्रस्ताव सर्वसम्मत पारित गरेको बर्दिया जिल्ला उपाध्यक्ष प्रताप कुमार गौतमले बताउनुभयो । अधिवेशनको अध्यक्ष मण्डलको तर्फबाट प्रस्तुत प्रस्तावहरूमार्फत अधिवेशनले समाजवाद उन्मुख संविधानको रक्षा, जनविरोधी षड्यन्त्रको विरोध, र जनजीविकाका पक्षमा स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।

प्रमुख प्रस्तावहरू यस्ता छन् :१. नेपालको संविधान २०७२ का समाजवाद उन्मुख, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका पक्षमा अधिवेशनको दृढ समर्थन।

२. दक्षिणपन्थी तथा राजतन्त्र पुनर्स्थापना गर्न चाहने षड्यन्त्रविरुद्ध खबरदारी।

३. महंगी, भ्रष्टाचार, बेरोजगारीविरुद्ध आन्दोलनको तयारीमा जनता र श्रमजीवी वर्गलाई आह्वान।

४. विकासका नाममा लुटतन्त्र थोपर्ने प्रवृत्तिको विरोध तथा ताप्लेजुङको केवलकार प्रकरणमा खेद।

५. राष्ट्रिय पूँजीको विकास र श्रमिक वर्गको हितमा पूर्वाधार निर्माणको माग।

६. ऋण र व्याजको भार तथा अनुत्पादक बैंकिङ नीतिको विरोध गर्दै उत्पादनमुखी लगानीको जोडदार माग।

७. कृषिमा लगानी वृद्धि र किसानको उत्पादन राज्यले किन्ने सुनिश्चितता माग।

८. स्वास्थ्य र शिक्षामा सार्वजनिक लगानी बढाउन तथा सर्वसुलभ सेवा सुनिश्चित गर्न दबाब।

९. सहकारी ठगी र मिटरब्याजजस्ता वित्तीय अपराधविरुद्ध ऐक्यबद्धता।

१०. मजदुर, शिक्षक, महिला र दलित आन्दोलनप्रति समर्थन तथा न्यायका माग सम्बोधनको माग।

११. वैज्ञानिक, मर्यादित र विभेदरहित समाज निर्माणमा प्रतिबद्धता।

१२. हालैका हिंसात्मक घटनामा सरकारको उदासिनता र असक्षमता प्रति खेद र निन्दा।

१३. पार्टी अध्यक्ष माधव नेपालको विरुद्ध दायर मुद्दा षड्यन्त्र भएको ठहर गर्दै त्यसको प्रतिवाद गर्ने अपिल।अधिवेशनले यी प्रस्तावमार्फत नेकपा (एकीकृत समाजवादी) ले सामाजिक न्याय, समावेशीता, सुशासन, उत्पादन र गरिबी निवारणमा केन्द्रित रणनीति अघि सारेको प्रष्ट भएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले देशको वर्तमान संकट समाधानमा पार्टीको भूमिका थप स्पष्ट भएको बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments