कोहलपुर, बाँके – असार ८
कोहलपुर:कोहलपुर नगरपालिका कार्यपालिकाको आर्थिक सहयोगमा “सम विकासका लागि सामाजिक अभियान (SOCAD)” कोहलपुर ०२ बाँकेको आयोजनामा सञ्चालित दलित लक्षित वर्ग परम्परागत आरन पेशा प्रवर्द्धन तथा सीप विकास तालिम एक कार्यक्रमका बीच सम्पन्न भएको छ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख श्री पूर्ण प्रसाद आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमका अन्य विशिष्ट अतिथिहरूमध्ये वडा नं. ०४ का वडा अध्यक्ष मुबारक अलि गुजर, कार्यपालिका सदस्य ईश्वरीप्रसाद विक, सुनिता सुनार, भुप बहादुर दर्जी, तथा आर्थिक विकास शाखाका प्रमुख छैठौं अधिकृत वीर बहादुर विके पनि सहभागी थिए।
तालिमको सहजीकरण दलित सेवा संघका सचिव सन्तोष चनाराले गर्नुभएको थियो। कार्यक्रममा SOCAD संस्थाका सचिव सियाराम धोवीसहित तालिममा सहभागी प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त तालिमले दलित समुदायमा परम्परागत आरन पेशाको जगेर्ना गर्दै सीप विकासमार्फत रोजगारी र आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।