Tuesday, July 1, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथमा अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला, टाउको छुट्टै अवस्थामा भेटियो

बैजनाथमा अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला, टाउको छुट्टै अवस्थामा भेटियो

बैजनाथ (बाँके), असार ६ – बाँकेको बैजनाथ गाउँपालिका–६ ज्योती आधारभुत विद्यालय र पुर्ब पश्चिम महेन्द्र राजमार्ग  सडक छेउको खाडलमा एक वृद्ध पुरुषको शव गन्हाएको अवस्थामा फेला परेको छ। मृतकको पहिचान बैजनाथ गाउँपालिका–३ गाभर निवासी अन्दाजी ६५ वर्षीय रन बहादुर परियारका रूपमा गरिएको छ।

परियार करिब ४–५ महिनाअघि सामाजिक सुरक्षा भत्ता लिन भनी घरबाट निस्किएपछि सम्पर्कविहीन रहेका थिए। शव सडिसकेको अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी चौकी सम्झना बाट धन बहादुर थापाको नेतृत्वमस खटिएको प्रहरी टोलीले खल्तीमा भेटिएको नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र करिब ९–१० हजार रुपैयाँ नगदको आधारमा पहिचान पुष्टि गरेको हो।

प्रहरी चौकी सम्झनाका इन्चार्ज धन बहादुर थापाका अनुसार, “शव पूर्ण रूपमा सडिसकेको थियो। मासु लगभग नष्ट भइसकेको अवस्था छ। मृत शरीरबाट करिब १०–१५ मिटर टाढा टाउको फेला परेको छ, जसले घटनालाई रहस्यमय बनाएको छ।”

घटनास्थलमा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, वडा नं. ३ का अध्यक्ष निखिल बैगार, वडा नं. ६ का वडा सदस्य खुशिराम थारुलगायत स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले शब पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव भेरी अस्पताल, नेपालगञ्जमा पोस्टमार्टमका लागि पठाइसकेको छ। के कारणले मृत्यु भयो भन्नेबारे थप अनुसन्धान भइरहेको ईन्चार्ज थापाले जानकारी दिनुभयो।

स्थानीयवासीले वृद्धको मृत्युलाई रहस्यमय घटनाका रूपमा लिएका छन् र निष्पक्ष छानबिनको माग गरिरहेका छन्। घटना बारे थप अनुसन्धान भैरहेको ईन्चार्ज थापाले जानकारी दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments