Thursday, July 10, 2025
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथको ९२.३१ प्रतिशत बित्तीय प्रगति

बैजनाथको ९२.३१ प्रतिशत बित्तीय प्रगति

बाँके, बैजनाथ :बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय बित्तीय प्रगति गर्दै कुल ९२.३१ प्रतिशत बित्तीय प्रगति हासिल गरेको छ। लेखा अधिकृत पूर्ण प्रसाद भट्टराईका अनुसार चालु खर्चतर्फ ८४.६४ प्रतिशत र पूँजीगत खर्चतर्फ ८४.१२ प्रतिशत खर्च गरिएको छ। औसत खर्च ८४.४५ प्रतिशत रहेको भट्टराईले जानकारी दिनुभयो।

गाउँपालिकाले चालु तथा विकास निर्माण कार्यक्रमहरूमा सन्तुलित ढंगले बजेट प्रयोग गर्दै यो वर्षको क्लोजिङ (वर्ष समापन) सम्पन्न गरेको हो। आर्थिक अनुशासन र खर्च व्यवस्थापनमा सुधार आएको संकेत यो प्रगतिले देखाएको छ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, सामाजिक सुरक्षालगायतका क्षेत्रमा बजेट विनियोजन गर्दै जनतामुखी कार्यक्रमहरू कार्यान्वयनमा जोड दिएको थियो।

आर्थिक पारदर्शिता, अनुगमन र मूल्यांकनमार्फत वित्तीय अनुशासन कायम गर्न भूमिका खेलेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको भनाइ छ। आगामी वर्षमा अझ प्रभावकारी सेवा प्रवाह र पूर्वाधार विकासका लागि योजनाबद्ध ढंगमा बजेट कार्यान्वयन गरिने बताइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments