बाँके — बैजनाथ गाउँपालिका–१ चिसापानीकी अन्दाजी ४२ वर्षीया पूर्णिमा बुढाको बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको चिसापानी हात्तिसार नजिकैको जंगलमा हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
शुक्रबार बिहान च्याउ खोज्न गएकी बुढालाई हात्तीले आक्रमण गरेको थियो। घटनास्थल चिसापानी हात्तिसारदेखि करिब २०० मिटर अगाडि डेउरालीतर्फ पर्छ।
बुढासँगै जंगल गएकी ३२ वर्षीया दीपा सारु मगर भने हात्तीको आक्रमणबाट घाइते भएकी छन्। घटनाबारे चिसापानी निवासी एकता शाहले जानकारी दिनुभएको छ।
प्राकृतिक विपद्को जोखिममा पर्ने बस्तीको संरक्षण र सुरक्षा व्यवस्था थप मजबुत बनाउनु पर्ने स्थानीयवासीको माग छ।