Wednesday, July 30, 2025
spot_imgspot_img
Homeराष्ट्रिययुवा सांसदले लिए शपथ, असल शासनको प्रतिबद्धता व्यक्त

युवा सांसदले लिए शपथ, असल शासनको प्रतिबद्धता व्यक्त

काठमाडौं, साउन ८ — देशभरका १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित युवा सांसदहरूले बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। “उज्यालो नेपाल अभियान”का संयोजक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्।

शपथपछि आयोजित कार्यक्रममा बोल्दै घिसिङले देशमा साँचो समृद्धि ल्याउन केवल भक्तिको उज्यालो मात्र पर्याप्त नरहने भन्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको उज्यालो पनि समान रूपमा आवश्यक रहेको धारणा राखे। उनले युवा सांसदहरूलाई व्यवहारमा आधारित, जिम्मेवार र जनमुखी नेतृत्व गर्न आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले देश बनाउन कुर्सीको मोह त्याग्नुपर्ने बताउँदै सांसदहरूलाई राष्ट्रिय हितमा सम्झौता गर्न तयार रहन सुझाव दिइन्।

कार्यक्रममा परराष्ट्र मामिला विश्लेषक दिनेश खनाल, समाजसेवी विष्णुहरी दाहाल, युवा अभियन्ता विजय कँडेल, निगम हुमागाईंलगायतको उपस्थिति रहेको थियो। उनीहरूले युवा नेतृत्वले अबको नेपाललाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा सम्पन्न यो कार्यक्रमले असल शासन, उत्तरदायी नेतृत्व र युवा सहभागिताको महत्वलाई पुनः पुष्टि गरेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments