Wednesday, July 30, 2025
spot_imgspot_img
Homeयुनिक गतिबिधिरंगिलाचोकमा हाइमाक्स लाइट जडान,सांसद खत्रीको पहलमा कार्य सम्पन्न

रंगिलाचोकमा हाइमाक्स लाइट जडान,सांसद खत्रीको पहलमा कार्य सम्पन्न

बैजनाथ, बाँके 
लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान सामाजिक विकास मन्त्री माननीय रत्न खत्रीको विशेष पहलमा बैजनाथ गाउँपालिका–५ स्थित रंगिलाचोकमा हाइमाक्स लाइट जडान कार्य सम्पन्न गरिएको छ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेटअन्तर्गत उक्त काम सम्पन्न गरिएको हो। सार्वजनिक स्थलमा उज्यालोको व्यवस्था गर्दै स्थानीयको आवागमनमा सहजता ल्याउने उद्देश्यले लाइट जडान गरिएको जनाइएको छ।

स्थानिय बासिन्दाले प्रदेशसभा सदस्य खत्रीप्रति धन्यवाद व्यक्त गर्दै, “विकासको मूलमा जनताको आवश्यकता बुझ्ने खालको नेताको पहल सराहनीय छ,” भनेका छन्। खत्रीले यसअघि पनि बैजनाथ क्षेत्रमा विभिन्न सडक, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रका जनसरोकारका कामहरु अघि बढाउँदै आएका छन्।

जनताको विश्वास जित्दै अगाडि बढ्दै खत्री स्थानीयस्तरमा निरन्तर विकासका कार्य गर्दै आएका खत्री जनमैत्री काममा सक्रिय रहँदै आएका छन्। उनीप्रति स्थानीयको लोकप्रियता दिन प्रतिदिन बढ्दो देखिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments