बाँके । अखिल नेपाल महिला संघ (समाजवादी) बाँकेको जिल्ला भेला सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको छ।
नेपालगञ्जस्थित सीएसटी होटलमा आयोजित तीज मिलन तथा जिल्ला अधिवेशनबाट बसन्ता शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो।
निर्वाचित पदाधिकारीमा उपाध्यक्ष द्वय प्रेमिका शाही र पवित्रा थापा, सचिव जामिया खातुन, सह–सचिव दुर्गा लखेर, कोषाध्यक्ष सुनिती प्रधानलगायत चयन भएका छन्।
कार्यक्रम अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य नारायणी ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो। अनेम संघ समाजवादी केन्द्रीय उपाध्यक्ष अनारकली मियाको प्रमुख आतिथ्यमा लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खान बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि मियाँ सहित अन्य वक्ताले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सभाध्यक्ष ओलीले सबै सहयोगी, प्रमुख अतिथि तथा उपस्थितहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको जिल्ला अध्यक्ष दिपक जीएमले जानकारी दिनुभयो।


